बाँझोपना भनेको के हो

From Audiopedia
Jump to: navigation, search

परिवार नियोजनका विधिहरू नअपनाइकन कुनै दम्पतीले एक वर्षसम्म महिनामा केही पटक यौन सम्पर्क राखे तापनि गर्भधारण नभएमा उक्त दम्पतीमा बाँझोपन छ भनेर भन्‍न सकिन्छ। कुनै दम्पतीको लगातार ३ पटकसम्म गर्भ तुहिएमा (गर्भावश्था गुम्‍नु) पनि त्यसलाई बाँझोपना भनिन्छ।

कुनै पुरुष वा महिलाको पहिल्यै बच्चा भइसके तापनि पछि तिनी बाँझो हुन सक्छन्। अन्तिम पटक बच्चा जन्मिसकेपछि यस्तो समस्या आएको हुन सक्छ। कहिलेकाहीं पुरुष वा महिलामध्ये एकमा समस्या नभइ दुवै जनाको संयोजन अथवा तालमेलमा समस्या भएको कारणले गर्दा यस्तो हुन सक्छ। अथवा दुवै जोडी स्वस्थ देखिए तापनि समस्याको कारण के हो भनेर डाक्टर वा परीक्षणबाट पत्ता लगाउन नसकिने अवस्था पनि हुन्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011202