पुरुषमा बाँझपना के कारणले गर्दा हुन सक्छ

From Audiopedia
Revision as of 12:22, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

पुरुषमा बाँझोपना हुनुको मुख्य कारण:

१. उनमा पर्याप्त शुक्रकिट पैदा हुँदैन। अथवा उनको शुक्रकिट महिलाको ट्युबमा तैरिन नसक्ने भएकोले वा अण्डासँग संसर्ग नभएकोले गर्दा यस्तो हुन्छ।

२. जवान छँदा उनमा गला गाँड् भएकोले अण्डकोषमा क्षति पुगेको हुन सक्छ। उनको वीर्य निस्किए तापनि वीर्यमा शुक्रकिट हुँदैन।

३. यौन जन्य संक्रमणको कारण ट्युबमा दाग छ भने उसको लिङ्गबाट शुक्रकिट निस्किन सक्दैन।

४. अण्डकोषको थैली भित्रको नसा सुन्‍निएकोले यस्तो समस्या हुन्छ (भ्यारीकोसेले)।

५. यौन सम्पर्कको बेला हुने समस्याले गर्दा यस्तो हुन्छ, किनभने:

  • लिङ्ग कडा नभएकोले गर्दा
  • लिङ्ग कडा त हुन्छ तर यौन सम्पर्कको दौडान कडा भइरहन नसकेकोले गर्दा।
  • महिलाको योनी भित्र लिङ्ग पुग्‍न अघि नै वीर्य स्खलन भएकोले गर्दा

६. मधुमेह, क्षयरोग र मलेरिया अर्थात औलो जस्ता बिरामीको कारणले गर्दा।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011203