महिलाहरूमा के कारणले गर्दा बाँझोपना हुन सक्छ
महिलाहरूमा बाँझोपना हुने सबै भन्दा मुख्य कारणहरू:
१. पाठेघर भित्र र ट्युबमा खत भएकोले गर्दा यस्तो हुन सक्छ। ट्युबमा खत भएकोले अण्डा निस्किन पाउँदैन अनि शुक्रकिट अण्डातिर तैरिन सक्दैन। पाठेघरमा भएको खतले गर्दा अण्डा पाठेघरको भित्तामा टाँसिन पाउँदैन। कहिलेकाहीं महिलाको पाठेघरमा यस्तो खत भएपनि तिनलाई बिरामी महसुस नहुने भएकोले गर्दा खत छ भन्ने थाहै हुँदैन। तर केही वर्षपछि आफूमा बाँझोपन रहेछ भनेर तिनले थाहा पाउँछिन्।
यी कारणहरूले गर्दा खत हुन सक्छ:
२. तिनको अण्डाशयले अण्डा बनाउँदैन। शरीरले सही समयमा पर्याप्त मात्रामा आवश्यक हर्मोनहरू पैदा नगरेकोले गर्दा यस्तो हुन सक्छ। तिनको महिनावारी कम्तिमा पनि २५ दिनको अन्तरमा वा बढीमा ३५ दिनको अन्तरमा भएमा अन्डा बन्न सक्दैन। कहिलेकाही कुनै महिलाको वजन धेरै छिटो घट्यो वा तिनी धेरै मोटो छिन् भने पनि तिनको अण्डाशयले अण्डा बनाउन सक्दैन।
३. तिनको पाठेघरमा मासु पलाएको हुन्छ (फाइब्रोइड्स)। यसले गर्भधारणमा बाधा पुर्याउँछ।
४. एच.आइ.भि, मधुमेह, क्षेयरोग र मलेरिया जस्ता रोगहरूले गर्दा पनि महिलामा गर्भ रहन दिंदैन।
परिवार नियोजनका विधिहरू अपनाएको कारण नै बाँझोपना भएको भनेर भन्ने गरिन्छ। तर पुरुष र महिलालाई गरिने स्थायी बन्ध्याकरण बाहके परिवार नियोजनका विधिहरू अपनाएको कारण कहिल्यै बाँझोपना हुँदैन। शरीरमा राखिने परिवार नियोजनका सामाग्रीहरूलाई गलत तरिकामा राखिएको अवश्थामा पाठेघर वा ट्युबमा संक्रमण भयो भने कहिलेकाहीं बाँझोपना हुन सक्छ।