महिलाहरूमा के कारणले गर्दा बाँझोपना हुन सक्छ

From Audiopedia
Jump to: navigation, search

महिलाहरूमा बाँझोपना हुने सबै भन्दा मुख्य कारणहरू:

१. पाठेघर भित्र र ट्युबमा खत भएकोले गर्दा यस्तो हुन सक्छ। ट्युबमा खत भएकोले अण्डा निस्किन पाउँदैन अनि शुक्रकिट अण्डातिर तैरिन सक्दैन। पाठेघरमा भएको खतले गर्दा अण्डा पाठेघरको भित्तामा टाँसिन पाउँदैन। कहिलेकाहीं महिलाको पाठेघरमा यस्तो खत भएपनि तिनलाई बिरामी महसुस नहुने भएकोले गर्दा खत छ भन्‍ने थाहै हुँदैन। तर केही वर्षपछि आफूमा बाँझोपन रहेछ भनेर तिनले थाहा पाउँछिन्।

यी कारणहरूले गर्दा खत हुन सक्छ:

  • यौनजन्य संक्रमणको समयमै उपचार नगरेकोले यो पाठेघर र ट्युबसम्मै पुगेकोले गर्दा (पेल्फिक इन्फ्ल्याम्माटोरी रोग वा पी.आइ.डि)।
  • असुरक्षित गर्भपतन गर्दा वा बच्चा जन्माउँदा समस्या भएको कारण पाठेघरमा क्षति पुगेको वा संक्रमण भएकोले गर्दा।
  • परिवार नियोजनका सामाग्री शरीरभित्र राख्दा सरसफाईको कमीले पाठेघरमा संक्रमण भएकोले गर्दा।
  • योनी, पाठेघर, ट्युब वा अण्डाशयको शल्यक्रियापछि समस्या आएकोले गर्दा।

२. तिनको अण्डाशयले अण्डा बनाउँदैन। शरीरले सही समयमा पर्याप्त मात्रामा आवश्यक हर्मोनहरू पैदा नगरेकोले गर्दा यस्तो हुन सक्छ। तिनको महिनावारी कम्तिमा पनि २५ दिनको अन्तरमा वा बढीमा ३५ दिनको अन्तरमा भएमा अन्डा बन्‍न सक्दैन। कहिलेकाही कुनै महिलाको वजन धेरै छिटो घट्यो वा तिनी धेरै मोटो छिन् भने पनि तिनको अण्डाशयले अण्डा बनाउन सक्दैन।

३. तिनको पाठेघरमा मासु पलाएको हुन्छ (फाइब्रोइड्स)। यसले गर्भधारणमा बाधा पुर्‍याउँछ।

४. एच.आइ.भि, मधुमेह, क्षेयरोग र मलेरिया जस्ता रोगहरूले गर्दा पनि महिलामा गर्भ रहन दिंदैन।

परिवार नियोजनका विधिहरू अपनाएको कारण नै बाँझोपना भएको भनेर भन्‍ने गरिन्छ। तर पुरुष र महिलालाई गरिने स्थायी बन्ध्याकरण बाहके परिवार नियोजनका विधिहरू अपनाएको कारण कहिल्यै बाँझोपना हुँदैन। शरीरमा राखिने परिवार नियोजनका सामाग्रीहरूलाई गलत तरिकामा राखिएको अवश्थामा पाठेघर वा ट्युबमा संक्रमण भयो भने कहिलेकाहीं बाँझोपना हुन सक्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011204