स्तनपान गराउन छोड्नु कहिले उपयुक्त हुन्छ

From Audiopedia
Jump to: navigation, search

बच्चालाई अन्य खानेकुरा खुवाउन सकिन्छ, जब:

  • ६ महिना वा सोभन्दा माथिका उमेरका भएमा
  • बच्चाले परिवार वा टेबुलबाट खाना खोस्‍न थालेमा
  • आफ्नो जिब्रोले खाना बाहिर धकेल्दैनन् भने

छ महिना र १ वर्षको बीचमा बच्चाले आमाको दूध माग्छन् भने तिनलाई दिनुपर्छ। चार महिनाअधि तिनलाई अरू खानेकुरा दिनु हुँदैन। अरू खानेकुरा खाए तापनि तिनलाई पहिले जत्ति मात्रामा आमाको दूध चाहिन्थ्यो त्यत्ति नै मात्रामा अझ पनि चाहिन्छ। सुरूतिर दिनमा दुई वा तीन पटक अरू खानेकुरा खाने बित्तिकै स्तनपान गराउनुहोस्। सुरूमा सिरियल अर्थात् पिसेको अन्‍न वा पोरिज जस्ता नरम खानेकुरा दिनुहोस्। केही महिलाहरूले यस्ता खानेकुरा आफ्नो दूधमा मिसाएर दिने गर्छन्। तपाईंले धेरै महँगो बेबि सिरियल अर्थात् शिशुको लागि अन्‍न पिसेर तयार गरेको खानेकुरा किन्‍नु आवश्यक छैन्।

यदि बच्चा खुशी देखिदैन वा खानेकुरा पुगेको जस्तो देखिंदैन र तिनको उमेर ४ र ६ महिना बीचको छ भने तिनले आमाको दूध अलि धेरै चुस्‍नुपर्छ। यसो गर्दा आमाको स्तनले धेरै दूध उत्पादन गर्छ। लगभग ५ दिनसम्म बच्चाले दिनमा जत्ति पटक चाहन्छ त्यत्ति पटक स्तनपान गराउनुपर्छ। बच्चा अझै पनि खुशी देखिंदैन भने तिनले अरू खानेकुरा चाख्नुपर्छ। सुरूमा खानेकुरा दिंदा सबै पिसेर मात्र दिनुपर्छ। जबसम्म तिनले आफै चपाउन जान्दैनन् यसरी नै दिनुपर्छ। बच्चालाई खुवाउँदा कप वा कचौरा र चम्चाको प्रयोग गर्नुहोस्।

बच्चालाई धेरै पटक खाना चाहिन्छ, तिनलाई दिनमा लगभग ५ पटक खुवाउनुपर्छ। हरेक दिन तिनको खानामा केही मात्रामा मुख्य खाना (पोरिज, मकै, गहुँ, भात, कोदो, आलु, कसावा) हुनुपर्छ र यसमा शरीर बढ्न मदत गर्ने खाना मिसाउनुपर्छ (गेडागुडी, पिसेको काजु, बदाम जस्तो काष्‍ठफल, अण्डा, चीज, मासु वा माछा)। साथै चहकिलो रङ्गको तरकारी र फलफुल र शक्तिवर्धक खानेकुरा (काजु, बदाम, ओखर जस्ता काष्‍ठफल, एक चम्चा तेल, नौनी वा खाना पकाउन प्रयोग गरिने चिल्लो पदार्थ) मिसाउनुपर्छ। तपाईंले दिनमा पाँच पटक पकाउनु पर्दैन। कुनै-कुनै खानेकुरा चिसो खाजाको रूपमा दिन सकिन्छ।


नयाँ खाना एक-एक गरेर बिस्तारै चखाउनुहोस्। नौ महिनादेखि १ वर्षका बच्चाहरूको लागि खानेकुरा राम्ररी टुक्रा पारेर वा खान सजिलो बनाइदिएको छ भने परिवारले खाने लगभग सबै खानेकुरा तिनीहरूले खान सक्छन्।

बच्चा दोस्रो वर्षमा प्रवेश गर्दा पनि स्तनपान गराइरहेमा तिनलाई संक्रमण र अरू स्वास्थ्य समस्याहरूबाट जोगाउँछ। तपाईंको अर्को बच्चा जन्मे पनि पहिलो बच्चालाई दुई वर्षसम्म स्तनपान गराउनु राम्रो हो। थुप्रै बच्चाले बिस्तारै आफै आमाको दूध खान छोड्छन्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010807