शुक्रकिट मार्ने पदार्थ कसरी प्रयोग गर्ने

From Audiopedia
Jump to: navigation, search

१. पहिला साबुन-पानीले हात धुनुहोस्।

२. फिज दल्न लाग्‍नुभएको हो भने भाँडालाई लगभग २० पटक बेस्सरी हल्लाउनुहोस्। फिज निकाल्नको लागि भाँडाको माथि थिच्‍नुहोस् र लगाउने सामग्री फिजले भर्नुहोस्। जेल वा क्रिम लगाउँदै हुनुहुन्छ भने क्रिमको ट्युब खोल्नुहोस् र लगाउने सामग्रीमा जोड्नुहोस्। क्रिमको ट्युब थिचेर लगाउने सामग्रीमा भर्नुहोस्।

योनीमा राख्‍ने चक्की प्रयोग गर्नको लागि चक्कीको खोल निकाल्नुहोस् र पानी वा थुकले भिजाउनुहोस्। (चक्कीलाई मुखमा नराख्नुहोस्।)

३. लगाउने समाग्री वा चक्की योनीमा जति सम्म पछाडि जान्छ त्यति पछाडि लगेर हल्कासित लगाउनुहोस्।

४. लगाउने सामग्रीको प्रयोग गर्दै हुनुहुन्छ भने त्यसको थिच्‍ने कुरा पूरै भित्र लगेर थिच्‍नुहोस् र खाली सामग्री बाहिर निकाल्नुहोस्।

५. लगाउने सामग्रीलाई सफा पानी र साबुनले धुनुहोस्।

६. यौन सम्बन्ध राखेको ६ घण्टासम्म शुक्रकिट मार्ने पदार्थलाई त्यहाँ रहन दिनुहोस्। यस पदार्थलाई धुने वा पखाल्ने नगर्नुहोस्। यदि क्रिम योनीबाट चुहिन्छ भने तपाईंको कपडा फोहर हुन नदिन योनीमा टालो, प्याड वा सफा कपडा राख्नुहोस्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020417