मैले कति लामो समयसम्म स्तनपान गराउनुपर्छ

From Audiopedia
Jump to: navigation, search

जतिसक्दो लामो समय स्तनपान गराउनु राम्रो हो, कम्तिमा १ वर्षसम्म। पहिलो ६ महिनाको अवधिमा आफ्नो बच्चालाई दूध बाहेक अरु केही नदिनुहोस्।

स्तनपान गराइरहेकी महिला फेरि गर्भवती हुन्छिन् भने तिनले नियमित स्तनपान गराउन सक्छिन्। स्तनपान र गर्भावस्थाले शरीरको शक्ति धेरै खर्च हुने भएकोले तिनले धेरै मात्रामा स्वस्थकर खानेकुरा खानुपर्छ।

नयाँ बच्चा आइसकेपछि पनि हुर्किसकेको बच्चालाई स्तनपान गराइराख्नु सुरक्षित हुन्छ। नयाँ बच्चालाई पहिला स्तनपान गराएपछि मात्र हुर्किसकेको बच्चालाई स्तनपान गराउनुपर्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010803