मलेरिया किन विशेषगरि गर्भवती महिलाका लागि खतरनाक हुन्छ

From Audiopedia
Jump to: navigation, search

अरू महिलाहरू भन्दा गर्भवती महिलामा मलेरियाले धेरै समस्या निम्त्याउँछ। यो रोग गर्भावस्थाको समयमा खतरनाक हुन सक्छ, विशेषगरि पहिलो गर्भावस्थाको समयमा झन धेरै खतरा हुन्छ। यो समयमा महिलाको शरीरमा हुने परिवर्तनले गर्दा मलेरियाको प्रतिरोध गर्ने क्षमता पहिलेको भन्दा कम भएको हुन्छ। मलेरियाको कारण गम्भीर रक्तअल्पता ('रगत पातलो हुने') हुने, गर्भ तुहिने, तोकिएको समय नपुग्दै बच्चा जन्मिने वा बच्चाको मृत्यु हुने जस्ता गम्भीर समस्याहरू निम्तिन सक्छन्।

मलेरिया लागेको आमाबाट जन्मिएको शिशुको तौल प्राय कम हुन्छ। यसले गर्दा पहिलो वर्षमा तिनीहरू कमजोर हुन्छन् र यस समयमा तिनीहरूलाई संक्रमण हुने वा तिनीहरूको मृत्यु हुने सम्भावना धेरै हुन्छ।

मलेरियाको बिगबिगी भएको ठाउँमा बस्‍ने महिला पहिलो पटक गर्भवती हुँदा उक्त महिलामा मलेरियाका लक्षणहरू देखिदैनन्।

Sources