प्रहरीलाई रिपोर्ट गराएँ भने के हुन्छ

From Audiopedia
Revision as of 12:22, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

प्रायजसो ठाउँमा बलात्कार भनेको अपराध हो। तर तपाईंको बलात्कार साँच्चै भएको हो भनेर प्रमाणित गर्न भने लामो समय लाग्‍ने र गाह्रो हुन सक्छ।

प्रहरीलाई रिपोर्ट लेखाउन जाँदा सधैं कसैलाई साथमा लैजानुहोस्।

तपाईंलाई के भएको थियो भनेर प्रहरीले सोध्‍नेछन्। बलात्कारीलाई चिन्‍नुहुन्छ भने को हो भनेर प्रहरीलाई बताउनुहोस्। तर चिन्‍नुहुन्‍न भने कस्तो देखिन्छ भनेर बताउनुहोस्। त्यस व्यक्तिलाई भेट्टाउन तपाईं प्रहरीसित जानुपर्ने हुन सक्छ। प्रहरीसितै काम गर्ने कानुनी डाक्टरद्वारा स्वास्थ्य परिक्षण गराउन भनेर तपाईंलाई प्रहरीले आग्रह गर्न सक्छ। यो परिक्षण तपाईंको स्वास्थ्य सुधारको लागि नभई तपाईं बलात्कार हुनुभएको कुरा प्रमाणित गर्नको लागि गरिन्छ।

कुनै-कुनै देशमा प्रहरीसित काम गरेर विशेष तालिम पाएका महिलाहरूले बलात्कार र हिंसाका शिकार भएकाहरूलाई मदत गर्छन्।

बलात्कारी पक्राउ परे भने त्यसलाई तपाईंले प्रहरी वा अदालतमा न्यायाधीसको अगाडि चिनाउनुपर्ने हुन्छ। मुद्दा लड्नुपर्ने भयो भने पहिल्यै बलात्कारको केस लडिसकेका वकिल भेटाउने कोसिस गर्नुहोस्। तपाईंले के आशा गर्न सक्नुहुन्छ भनेर तिनले बताउनेछन् र मुद्दाको लागि तयार हुन मदत गर्न सक्नेछन्। सधैं कोही साथमा लैजानुहोस्।

बलात्कारको केसको लागि अदालत धाउनु सजिलो छैन। बलात्कारको समयमा के भएको थियो भनेर बताउँदा फेरि बलात्कार भएको जस्तो महसुस हुन सक्छ। यस्तो कुरा सबैले बुझ्छन् भन्‍ने छैन। कसैले तपाईंलाई नै दोष दिन सक्छन् वा तपाईं झुटो बोल्दै हुनुहुन्छ भनेर भन्‍न सक्छन्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020316