मेरो श्रीमान् वा जोडीसित परिवार नियोजनबारे कसरी कुरा गर्न सक्छु

From Audiopedia
Revision as of 12:22, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

परिवार नियोजनका के कस्ता विधिहरू अपनाउने भन्‍ने विषयमा आफ्नो श्रीमान् वा जोडीसित कुरा गर्नु नै सबैभन्दा राम्रो हुन्छ।

केही पतिहरू आफ्नो पत्‍नीले परिवार नियोजनको विधि अपनाएको चाँहदैनन्। किनभने विभिन्‍न विधिहरूले कसरी काम गर्छ भन्‍ने कुरा प्रायजसो तिनीहरूलाई थाहै हुँदैन। तिनीहरू आफ्नो पत्‍नीको स्वास्थ्यलाई असर गर्ने हो कि भनेर डराउँछन्। परिवार नियोजन खतरनाक भएका घटनाहरू तिनीहरूले सुनेका हुन सक्छन्। पत्‍नीले परिवार नियोजनका विधिहरू अपनाइन् भने अरू नै पुरूषसित तिनले यौन सम्बन्ध राख्‍छन् कि भनेर पनि डराउन सक्छन्। अथवा धेरै बच्चाहरू जन्माउनु पनि एउटा पुरूषार्थ हो भन्‍ने सोचाइ राखेका हुन सक्छन्।

यस भागमा भएका जानकारीहरू आफ्नो जोडीसित बाँड्नुहोस्। तिनले यी कुरा बुझ्‍न मदत पाउन सक्छन्:

  • परिवार नियोजनले तपाईं र तपाईका छोराछोरीको राम्रो ख्याल राख्‍न मदत गर्न सक्छ।
  • अर्को गर्भधारण गर्न केही समय पर्खंदा तपाईं र तपाईंको बच्चाको लागि सुरक्षित हुन्छ।
  • परिवार नियोजनले यौन सम्बन्धलाई आनन्ददायी बनाउँछ। किनभने तपाईंहरू दुवै जनाले नचाहँदा-नचाहँदै गर्भधारण भइन्छ कि भन्‍ने चिन्ता गरिरहनु पर्दैन। परिवार नियोजनका विधि अपनाइँदा अरू पुरूषसित यौन सम्बन्ध राख्‍ने इच्छा आउँछ भन्‍ने कुरा सही होइन।

परिवार नियोजन गर्नुका फाइदाबारे तपाईंको श्रीमान् -ले थाहा पाएका छन र तपाईंलाई परिवार नियोजनको विधि अपनाउने अनुमति दिंदैनन् भने पनि तपाईंले परिवार नियोजन गर्ने कि नगर्ने भनेर निर्णय गर्नुपर्छ। यदि तपाईंले परिवार नियोजन गर्ने निर्णय गर्नुभयो भने, तपाईंको श्रीमान् -ले थाहा नपाउने किसिमको विधि अपनाउनुपर्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020406