आफूलाई यौन आक्रमण गरियो भने म के गर्न सक्छु

From Audiopedia
Revision as of 12:22, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

कुनै महिलाले आफूलाई आक्रमण गर्ने व्यक्तिको प्रतिरोध गर्न सक्छिन् भने तिनी बलात्कारको शिकार हुनदेखि जोगिन सक्छिन्, चाहे आक्रमण गर्ने व्यक्तिसित हतियार नै किन नहोस्। बलात्कारको शिकार नहुन महिलाले जति धेरै प्रकारको उपाय अपनाउँछिन् त्यति नै तिनी बलात्कृत हुने सम्भावना कम हुन्छ। वा बलात्कारपछि चोट लाग्‍ने र मानिसिक समस्या हुने सम्भावना पनि कम हुन्छ।

कुनै महिलालाई बलात्कार गरिने प्रयास गर्दा, तिनले कस्तो प्रतिक्रिया देखाउँछिन् भनेर पहिल्यै भन्‍न असम्भव छ। कोही-कोही महिला भने यस्तो बेला रिसले चूर भएर, आफूले कहिल्यै अनुभव नगरेको शक्ति आफूमा भएको महसुस गर्छन्। कोही भने चल्नै नसक्ने भएको महसुस गर्छन्। यदि तपाईंको अवस्था यस्तो भयो भने तपाईंले जे सक्नुहुन्छ त्यो गर्नु महत्त्वपूर्ण छ।

यौन आक्रमण हुँदा अपनाउन सकिने केही उपायहरू:

  • रूने, दया वा कृपाको भिक माग्‍ने वा हार मान्‍ने नगर्नुहोस्। यस्तो गर्दैमा खासै मदत पुग्दैन। वास्तवमा प्रतिरोध गर्ने महिलाभन्दा यस्तो व्यवाहार देखाउने महिलालाई धेरै चोटपटक लाग्‍ने हुन्छ।
  • चनाखो रहनुहोस्। बलात्कारीलाई ध्यान दिएर हेर्नुहोस्। त्यसले तपाईंलाई नहेरेको समय वा तपाईंमाथि नियन्‍त्रण गर्न नसक्ने समय हुन सक्छ।
  • विभिन्‍न तरिका अपनाउनुहोस्। लाताले हिर्काउने, चिच्याउने, सम्झौता गर्ने, झुक्याउने। आफू सजिलै आक्रमण हुने व्यक्ति होइन भनेर त्यसलाई महसुस गराउनुहोस्। तपाईं मानिस हो, कुनै सामग्री होइन भनेर त्यसलाई थाह दिनुहोस्।
  • बलात्कारीलाई तपाईं चिन्‍नुहुन्छ भने तपाईंलाई कस्तो महसुस हुन्छ भनेर बताउनुहोस्। महिलाहरू बलात्कृत हुन चाहन्छन् भनेर त्यसले विश्वास गर्छ होला, त्यस्तो विश्वास गर्न नदिनुहोस्। त्यसले तपाईंमाथि कस्तो व्यवहार देखाउँदै छ भनेर महसुस गराउनुहोस्।
  • यदि बलात्कारी अपरिचित व्यक्ति हो भने त्यो कस्तो देखिन्छ भनेर याद गर्ने कोसिस गर्नुहोस्। त्यसको उँचाई कति छ? त्यसको शरीरमा घाउ, चिन्ह वा ट्याटु छ कि? कस्तो लुगा लगाएको छ? त्यस्ता व्यक्तिलाई सम्झिने कोसिस गर्नुहोस् ताकि पुलिस र अरू महिलालाई तपाईंले आफ्नो समाजमा सतर्क गराउन सकियोस्।
  • धेरै जना मिलेर बलात्कार गर्ने प्रयास गर्दै छन् वा बलात्कारीसित हतियार छ भने पनि तपाईंले प्रतिरोध गर्न सक्नुहुन्छ। तर शारिरीक रूपमा लड्न खोज्‍नु सायद राम्रो उपाय नहुन सक्छ।
  • सोच्‍ने-बुझ्‍ने क्षमता चलाउनुहोस्। कतिसम्म प्रतिरोध गर्ने भनेर तपाईंले मात्र निर्णय गर्न सक्नुहुन्छ। कुनै-कुनै अवस्थामा युद्धको बेलामा जस्तो तपाईंले प्रतिरोध गरेको कारण तपाईंलाई जीवित राख्‍नु पर्ने कारण बलात्कारीसँग नहुन सक्छ।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020312