परिवारको लागि मैले किन योजना बनाउनुपर्छ

From Audiopedia
Revision as of 12:22, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

हरेक वर्ष पाँच लाख महिलाहरूले गर्भधारण गर्दा, बच्चा जन्माउँदा र असुरक्षित गर्भपतन गराउँदा आउने समस्याहरूले गर्दा तिनीहरूको मृत्यु हुने गरेको पाइएको छ। परिवार नियोजन गरिएको भए यस्ता कारणहरूले गर्दा हुने मृत्युलाई रोक्न सकिन्थ्यो। उदाहरणको लागि परिवार नियोजनद्वारा गर्भधारणमा आउने निम्‍न खतरालाई रोक्न सकिन्छ:

  • चाँडै गर्भधारण हुने। अठार वर्षमुनिका महिलाहरूले बच्चा जन्माउँदा तिनीहरूको मृत्यु हुने सम्भावना धेरै हुन्छ, किनभने तिनीहरूको शरीर पूर्णरूपमा विकाश भैसकेको हुँदैन। साथै पहिलो वर्षमा नै तिनीहरूको शिशुको मृत्यु हुने सम्भावना पनि हुन्छ।
  • ढिलो गर्भधारण हुने। उमेर धेरै भएका महिलाहरूले बच्चा जन्माउँदा, धेरै खतरा हुन्छ। विशेषगरि तिनीहरूलाई स्वास्थ्य समस्याहरू भएको छ भने वा तिनीहरूले धेरै बच्चाहरू जन्माइसकेका छन् भने खतरा हुन सक्छ।
  • केही समय नबित्दै फेरि गर्भधारण हुने। गर्भधारणको बीचमा केही समय महिलाले आफ्नो शरीरलाई स्वस्थ बनाउन समय चाहिन्छ।
  • धेरै पटक गर्भधारण हुने। चार वटा भन्दा धेरै बच्चाहरू जन्माइसकेकी महिलाले फेरी अर्को बच्चा जन्माउँदा रगत धेरै बगेर वा अरू समस्याहरूले गर्दा तिनको मृत्यु हुन सक्छ।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020403