सुरक्षित तरिकामा गरिएको गर्भपतन शिशु जन्माउँदा आउने खतराभन्दा कम हुन्छ।
गर्भपतन सुरक्षित हुन्छ यदि:
तालिम प्राप्त र अनुभवी स्वास्थ्यकर्मीद्वारा गरिन्छ भने।
सही सामाग्री प्रयोग गरिन्छ भने।
सरसफाइमा ध्यान दिइएको छ भने। गर्भाशय र पाठेघरमा लगिने जुनसुकै सामग्री पनि स्टेराइल अर्थात् किटाणुमुक्त गरिएको हुनुपर्छ।
अन्तिम पटक महिनावारी भएको ३ महिनाभित्र (१२ हप्ता) गरिन्छ भने।
गर्भपतन असुरक्षित हुन्छ, यदि:
तालिम नलिएका व्यक्तिद्वारा गरिन्छ भने।
गलत सामग्री वा औषधी प्रयोग गरिन्छ भने।
फोहोर वातावरणमा गरिन्छ भने।
गर्भधारण गरेको ३ महिना बितिसकेपछि गरिन्छ भने। स्वास्थ्यचौकी वा अस्पतालमा विशेष सामग्री प्रयोग गरेर गर्भपतन गरिन्छ भने चाहिं सम्भव हुन्छ।
संसारभरि हरेक वर्ष ४ करोड ६० लाख गर्भपतन गराइन्छ। यसो गर्नु गैर-कानुनी भए तापनि प्रायजसो महिलाहरू गर्भपतन गराउँदा बाँच्न सफल भएका छन्। तर असुरक्षित तरिकामा गरिएको गर्भपतनले महिलाको मृत्यु हुने वा संक्रमण हुने, दीर्घकालिन दुखाई र बाँझोपन हुने जस्ता गाह्रो अवस्थाहरू आउन सक्छन्। सुरक्षित तरिकामा गरिएको १ लाख गर्भपतनमा १ जना महिलाको मृत्यु हुने गर्छ। तर असुरक्षित तरिकामा गरिएको १ लाख गर्भपतनमा १ सयदेखि १ हजार महिलाको मृत्यु हुने गरेको पाइएको छ।
Sources
Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.