बलात्कारको खतराबाट कसरी भाग्‍ने

From Audiopedia
Revision as of 12:22, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

  • तपाईंलाई अप्ठ्यारो महसुस गराउने वा अपरिचित व्यक्तिसित एक्लै कतै जाने नगर्नुहोस्।
  • कुनै ठाउँ छोड्नुपर्ने अवस्था आयो भने कसरी घर फर्किने भनेर पहिल्यै योजना बनाउनुहोस्। उक्त व्यक्तिको मदत बाहेक घर फर्किनै नसक्ने ठाउँमा नजानु बेस हुन्छ।
  • त्यस व्यक्तिको टिका-टिप्पणी वा स्पर्शले अप्ठ्यारो महसुस हुन्छ भनेर बताउनुहोस्। त्यस व्यक्तिले तपाईंप्रति आफ्नो व्यवहार परिवर्तन गरेन भने सके सम्म चाँडै त्यहाँबाट निस्कनुहोस्।

यदि उक्त व्यक्ति तपाईंमाथि हैकम जमाउन सक्ने हुन् भने (जस्तै: मालिक, डाक्टर, शिक्षक वा सरकारी व्यक्ति):

  • तपाईंलाई अप्ठ्यारो महसुस हुनेगरि पहिलो पटक त्यस व्यक्तिले केही गरे भने

आइन्दा त्यसो नगर्न भन्‍नुहोस्। यदि उसले आफ्नो शक्तिको फाइदा उठाउन प्रयास गर्दै छ भने सजिलै तर्सिने व्यक्तिलाई शिकार बनाउन खोज्‍नेछ। तपाईंलाई कुनै डर लाग्दैन भनेर त्यस व्यक्तिलाई थाह दिनुहोस्। त्यस व्यक्तिले आफूलाई मूर्ख देखाउने कुनै काम गर्नुअघि तपाईंलाई दु:ख दिन छोड्ने बनाउन सक्नुभयो भने त्यसले तपाईंलाई हानी पुर्‍याउन सक्दैन। (उदाहरणको लागि कामबाट निकाल्ने, उपचार नगर्ने वा तपाईंको आग्रहलाई अस्विकार गर्ने)

  • त्यस व्यक्तिबारे अरू महिलासित कुरा गर्नुहोस्। त्यसले दु:ख दिएको व्यक्ति तपाईं मात्र नहुन सक्छ। तैपनि त्यस व्यक्तिसित उठबस गरिरहनुपर्छ भने कहिल्यै एक्लै नजानुहोस्, सधैं साथी लग्‍नुहोस्। अरू महिलालाई पनि होसियार हुन भन्‍नुहोस्। यदि कुनै पुरूषले यौन हिंसाबाट महिलालाई नियन्‍त्रण गर्न सकेन भने त्यसले अरू तरिका अपनाएर महिलालाई नियन्‍त्रण गर्ने प्रयास गर्नेछ।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020309