बलात्कारको शिकार भएपछि आउने भावनालाई कसरी काबूमा राख्‍न सक्छु

From Audiopedia
Revision as of 12:22, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

बलात्कारको शिकार भएपछि तपाईंको शरीर निको भए तापनि लामो समयसम्म बलात्कारले तपाईलाई सताउन सक्छ। प्राय जसो देखाइने केही प्रतिक्रियाहरू यस्ता छन्:

  • "मैले के गल्ती गरेकी थिएँ र?"
  • "लामो समय भइसक्दा पनि... किन म बिर्सन सक्दिनँ?"
  • "त्यस्तो गर्ने त्यसको हिम्मत कस्तो!"
  • "सायद अरू कसैलाई थाह भएन भने आफूलाई भएको कुरा बिर्सन सक्छु होला।"

बलात्कारको शिकार भएका महिलाले फेरि राम्रो महसुस गर्न तिनले कसैसित कुरा गर्नु वा केही कदम चाल्नु धेरै महत्त्वपूर्ण छ। निको हुने तरिका महिला पिच्छे फरक हुन्छ। केही महिलाले कुनै विधि अपनाउने गर्छन् भने केहीले बलात्कारीलाई सजाय दिने कोसिस गर्छन् वा अरू महिलालाई बलात्कृत हुनदेखि जोगाउन खोज्छन्। तपाईंले जेसुकै गरे तापनि आफूसित धैर्य हुनुहोस् र अरूलाई पनि धैर्य गर्न भन्‍नुहोस्। तपाईंले राम्रो महसुस गर्नको लागि धेरै समय कुर्नुपर्ने हुन सक्छ। तर तपाईंले भरोसा गर्ने वा बलात्कारको शिकार भएर निको भएकासित कुरा गर्दा तपाईंले पनि निको हुन मदत पाउन सक्नुहुन्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020321