म कसरी सुरक्षित तरिकामा गर्भपतन गराउन सक्छु
कुनै महिला नचाहँदा-नचाहँदै गर्भवती भइन् भने तिनले सुरक्षित गर्भपतन पाउनुपर्छ र यसो गर्न कानुनी मान्यता पनि पाउनुपर्छ। तर देशअनुसार गर्भपतनका लागि नियम फरक-फरक हुन्छ।
कानुनी मान्यता पाएको: यदि गर्भपतन गराउनु कानुनी छ भने तिनी स्वास्थ्यचौकी वा अस्पताल गएर पैसा तिरेर सुरक्षित गर्भपतन गराउन सक्छिन्। यस्ता देशहरूमा गर्भपतन गराएका महिलाहरू बिरामी हुने वा तिनीहरूको मृत्यु हुने कम पाइएको छ।
अवस्थाअनुसार कानुनी मान्यता पाएको: कुनै-कुनै देशमा निम्न कारण छन् भने मात्र गर्भपतन गराउनु कानुनी मानिन्छ:
तर यस्ता कारण भए तापनि गर्भपतन गराउन गाह्रो हुन्छ। किनभने डाक्टर र स्वास्थ्यकर्मीलाई यसबारे कानुनी नियम थाहा नहुन सक्छ। त्यसैले तिनीहरू खुल्लमखुल्ला गर्भपतन गराउन चाहँदैनन् वा त्यसको लागि धेरै पैसा चाहन्छन्। महिलालाई आफ्नो देशमा गर्भपतन गराउनु कानुनी छ कि छैन वा गर्भपतन उपलब्ध छ कि छैन भनेर थाह नहुन सक्छ।
कानुनी मान्यता पाएको होस् वा नहोस् सुरक्षित गर्भपतन गर्ने अनुकुल वातावरण पाउनु गाह्रो हुन सक्छ। किनभने यो धेरै महँगो, गर्भपतन गराउने ठाउँ टाढा वा अस्पष्ट नियमहरू र धेरै काजजात चाहिने हुन सक्छ। यस्ता कारणहरूले गर्दा स्वास्थ्य प्रणालीबारे ज्ञान नभएका गरिब महिलालाई सुरक्षित गर्भपतन गराउन गाह्रो बनाइदिन्छ। दु:खको कुरा, थुप्रै ठाउँमा सजिलै सुरक्षित गर्भपतन गराउने ठाउँ पाउने महिलाहरू प्राइभेट डाक्टरको लागि खर्च बेहोर्न सक्ने महिलाहरू हुन्छन्।
गैर-कानुनी गर्भपतन: यदि देशमा गर्भपतन गराउनु गैर-कानुनी हो भने गर्भपतन गर्ने र गराउने दुवै पक्राउ पर्न सक्छन्। तर प्रायजसो ठाउँमा यस्तो हुँदैन। तर जहाँ गर्भपतन गैर-कानुनी छ, त्यहाँ असुरक्षित गर्भपतन र असुरक्षित गर्भधारणले गर्दा धेरै महिलाको मृत्यु हुने गर्छ। महिलाको स्वास्थ्य सेवामा खर्च गर्न सकिने रकम असुरक्षित गर्भपतनले निम्त्याएका समस्याको उपचार गराउन मै खर्च हुन सक्छ।
महत्त्वपूर्ण: गर्भपतन पूर्ण रूपमा गैर-कानुनी हो भनेर नसोच्नुहोस्। आफ्नो देशमा यसको लागि के-कस्ता नियमहरू छन् भनेर पत्ता लगाउने प्रयास गर्नुहोस्। नियम परिवर्तन गर्ने कोसिस गर्नुभन्दा नियमको दायाँ-बाँया लागेर सुल्झाउने बाटो पत्ता लगाउनु बेस हुन्छ। गर्भपतन गैर-कानुनी भए तापनि सुरक्षित गर्भपतन गराउने कोही-कोही हुन सक्छन्। सुरक्षित गर्भपतन गराउने उपाय पत्ता लगाउनु भनेको जिउँदो रहनु र मर्नुबीचको भिन्नता जस्तै हुन सक्छ।