स्तनपान गराउनु बच्चाको लागि किन सबैभन्दा राम्रो हो

From Audiopedia
Revision as of 12:21, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

स्तनपान गराउनु सबैभन्दा पुरानो र स्वस्थकर चलन हो। तर संसार परिवर्तन सँगै महिलाहरूलाई पनि कहिलेकाहीं आफ्नो बच्चालाई स्तनपान गराउनको लागि जानकारी र मदत आवश्यक पर्छ।

स्तनपान महत्त्वपूर्ण छ। किनभने:

  • बच्चा स्वस्थ र बलियो रहन मदत गर्ने सबैभन्दा राम्रो खाना नै आमाको दूध हो।
  • स्तनपानले बच्चाको जन्मपछि हुने पाठेघरको रक्त्श्राव रोक्न मदत गर्छ।
  • आमाको दूधले बच्चालाई मधुमेह, क्यान्सर, झाडापखाला र निमोनिया रोग र संक्रमणहरूबाट जोगाउँछ। रोगविरूद्ध लड्ने आमाको शक्ति दूधमार्फत बच्चामा पनि सर्छ।
  • स्तनपानले आमालाई पनि क्यान्सर र कमजोर हड्डी हुने (ओस्टियोपोरोसिस) जस्ता रोगहरूबाट जोगाउँछ।
  • आमाले बच्चालाई स्तनपान गराउँदा दूध सधैं सफा, पिलाउन तयार र सही तापक्रममा हुन्छ।
  • स्तनपानले आमा र बच्चाको सम्बन्ध नजिक र बलियो बनाउँछ।
  • आमाले बच्चालाई अरू केही खानेकुरा नदिई दूध मात्र पिलाउँछिन् भने तिनी तुरून्तै फेरि गर्भवती हुँदिनन्।
  • स्तनपान गराउन पैसा पनि लाग्दैन।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010802