आफूलाई कसरी बचाउने

From Audiopedia
Revision as of 12:21, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

आफूलाई बचाउने कदम चाल्न, कुनै साथीसित अभ्यास गर्नुहोस्। यसो गर्दा कसैले तपाईंलाई आक्रमण गरेमा, तपाईं आफूलाई बचाउन तयार हुनुहुनेछ। त्यो व्यक्तिलाई भएभरको शक्तिले हिर्काउनुहोस्। त्यसलाई दुख्लाकि भनेर चिन्ता नगर्नुहोस्, किनकि तपाईंलाई दुख्ला भनेर त्यसलाई चिन्ता छैन।

पछाडिबाट आक्रमण भयो भने:

  • आफ्नो कुहिनाले भएभरको शक्ति लगाएर त्यसको पेटमा हिर्काउनुहोस्।
  • आफ्नो कुर्कुच्चोले त्यसको खुट्‍टामा जोडले टेक्नुहोस्।
  • तपाईंको हात पछाडि लगेर त्यस व्यक्तिको अण्डकोष समातेर बेस्सरी थिच्‍नुहोस्।
  • तपाईंको कुर्कुच्चोले त्यस व्यक्तिको खुट्टाको तल्लो भाग वा घुँडामा लाताले हिर्काउनुहोस्।

अगाडिबाट आक्रमण भयो भने:

  • आफ्नो औंलाले त्यसको आँखामा घोच्‍नुहोस्।
  • दुवै मुठ्ठी कसेर त्यस व्यक्तिको टाउकोको दुवै साइडमा वा कानमा हिर्काउनुहोस्।
  • मुठ्ठी कसेर त्यस व्यक्तिको नाकमा भएभरको शक्ति लगाएर हिर्काउनुहोस्।
  • आफ्नो घुँडा उचाल्नुहोस् र त्यस व्यक्तिको अण्डकोषमा भएभरको शक्ति लगाएर अनि छिटो हिर्काउनुहोस्।

आफूलाई जोगाउने थप उपाय:

  • वरपर मानिसहरू भएको ठाउँमा तपाईंलाई कसैले चोट पुर्‍याउन वा दुर्व्यवहार गर्न खोज्यो भने चर्को स्वरमा कराउनुहोस्।
  • त्यो व्यक्तिलाई घिन लाग्‍ने किसिमको व्यवहार गर्नुहोस्। जस्तै: राल चुहाउने, वान्ता गर्न खोज्‍ने वा पागल भए जस्तो व्यवहार गर्ने।
  • दुर्व्यवहार गर्न खोज्‍ने व्यक्ति तपाईं कै परिवारको सदस्य हो भने तपाईंले भरोसा गर्ने परिवारको अर्को सदस्यलाई यसबारे बताउनुहोस्।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020311