असुरक्षित तरिकामा गरिने गर्भपतन र मृत्युबाट कसरी जोगिन सकिन्छ

From Audiopedia
Revision as of 12:21, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

महिलाहरू निराशाजनक अवस्थामा हुँदा आफ्नो गर्भवती अवस्था हटाउन अर्थात टुङ्ग्याउन विभिन्‍न तरिका पत्ता लगाउन खोज्छन्। तर निम्‍न तरिकाबाट टाढै रहनुहोस्। यी तरिकाहरू खतरनाक छन्:

गर्भाशय र पाठेघरमा कुनै पनि धारिलो कुरा जस्तै लठ्ठी, तार वा प्लास्टिक ट्युब नराख्नुहोस्। यसले पाठेघर च्यातिन्छ र खतरनाक किसिमको रक्तश्राव र संक्रमण गराउँछ।

गर्भाशय र पाठेघरमा जडीबुटी वा वनस्पतिहरू झारपातहरू नराख्नुहोस्। यसले गर्दा निकै नराम्रोसँग पोल्ने वा चिलाउने हुनसक्छ, जसले गर्दा अङ्ग बिग्रिनुका साथै संक्रमण र रक्तश्राव पनि हुन सक्छ।

ब्लिच, लाई, खरानी, साबुन वा मट्टितेल जस्ता पदार्थ गर्भाशय वा पाठेघरमा नराख्नुहोस्। वा त्यस्ता कुरालाई पिउने नगर्नुहोस्।

गर्भपतन गराउनको लागि औषधी वा परम्परागत तरिकामा प्रयोग गरिने पदार्थलाई ठूलो मात्रामा लिने नगर्नुहोस् (चाहे खाने होस् वा गर्भशयमा राखिने)। उदाहरणको लागि मलेरियाको औषधी (क्लोरोकिन) वा शिशुको जन्मपछि रक्तश्राव रोक्ने पदार्थ (एर्गोमेट्रिन, अक्सिटोसिन) धेरै मात्रामा लिंदा गर्भपतन गराउनुभन्दा अघि नै त्यसले तपाईंको ज्यान लिन सक्छ।

आफ्नो पेटमा हिर्काउने वा भर्‍याङमा लड्नको लागि हाम्फाल्ने नगर्नुहोस्। यसले गर्भपतन नभइ शरीरभित्र चोटपटक लागर रक्तश्राव हुन सक्छ।

महत्त्वपूर्ण: आफैले पाठेघरभित्र केही राख्‍ने वा तालिम नपाएका व्यक्तिलाई राख्‍न दिने नगर्नुहोस्। यसो गर्दा तपाईंको ज्यान जान सक्छ।

असुरक्षित गर्भपतन कहिल्यै नगराउनुहोस्। गर्भधारण हुनुभन्दा अघि नै परिवार नियोजनका विधिहरू अपनाउनुहोस्, यसो गर्दा गर्भवती हुनबाट जोगिन सक्नुहुन्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020205