पर्याप्त आयोडिन प्राप्त गर्दै छु भनेर कसरी पक्का हुन सकिन्छ

From Audiopedia
Revision as of 12:21, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

खानेकुरामा आयोडिन राख्दा गलगाँड जस्ता घाँटी सुन्‍निने रोग र अरू थुप्रै समस्याहरूबाट यसले जोगाउँछ। महिलाहरूले गर्भावस्थामा पर्याप्त आयोडिन प्राप्त गरेनन् भने तिनको बच्चा सुस्त मनष्थितिको जन्मिन सक्छ। जुन ठाउँको माटो, पानी वा खानामा थोरै मात्र आयोडिन हुन्छ, त्यस ठाउँका मानिसहरूमा गलगाँड र सुस्त-मनष्थिति जस्ता समस्याहरू धेरै देखिन्छ।

आयोडिन पर्याप्त मात्रामा प्राप्त गर्ने सबैभन्दा राम्रो तरिका सामान्य नुन नभई आयोडिनयुक्त नुन प्रयोग गर्नु हो।

वा यहाँ दिइएका केही खानेकुरा खान सक्नुहुन्छ (ताजा वा सुकेको):

  • सिपि किरा (झिंगेमाछा जस्तै)
  • माछा
  • समुद्री झार
  • अण्डा
  • प्याज

तपाईं बस्‍ने इलाकामा आयोडिनयुक्त नुन पाउन गाह्रो छ, वा गलगाँड वा सुस्त-मनष्थिति भएकाहरू धेरै छन् भने स्थानीय स्वास्थ्य मन्‍त्रालयमा गएर आयोडिनयुक्त तेल पाउन सकिन्छ कि भनेर पत्ता लगाउनुहोस्। यो तेल खाने वा सुइको रूपमा पाइन्छ। यदि यो पनि सम्भव छैन भने घरमा पोलिभाइडन आयोडिनको प्रयोग गरेर आयोडिनको झोल बनाउन सक्नुहुन्छ (यो हरेक औषधी पसलमा पाइने एन्टिसेप्‍टिक अर्थात् घाउमा लगाउने औषधी हो। )


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010409