मेरो रोजाइमा परिवार नियोजन नै गर्ने किन हुनुपर्छ
कुनै-कुनै समाजमा गरिबहरूलाई बराबर जग्गाजमिन, स्रोत-साधन र सामाजिक लाभ दिइँदैन, त्यस्ता समाजमा केही महिलाहरूले धेरै बच्चा जन्माउन चाहन्छन्। किनभने बच्चाहरूले तिनीहरूलाई काममा सघाउन सक्छन् र पछि वृद्धावस्थामा आफ्नो हेरचाह गर्छन् कि भन्ने आशा गर्छन्। यस्ता ठाउँहरूमा थोरै बच्चा जन्माउने सुअवसर धनीहरूले मात्र पाउँछन् भनेर मानिन्छ।
कुनै-कुनै ठाउँमा महिलाहरूले लेखपढ गर्ने र जागिर खाने मौका पाउँछन् र पुरूषहरूको बराबरीमा आउन सक्छन्। यस्ता ठाउँहरूमा केही महिलाहरू भने थोरै मात्र बच्चा जन्माउने इच्छा राख्छन्।
महिलाहरू जुनसुकै ठाउँमा बसे पनि आफूले कति जना बच्चा जन्माउने र कहिले जन्माउने भनेर आफैले निर्णय गर्न र नियन्त्रण गर्न सक्छन् भने तिनीहरू स्वस्थ रहन सक्छन्। परिवार नियोजनका विधिहरू अपनाउने कि नअपनाउने भनेर निर्णय गर्ने छनौट महिलाहरूकै हो। परिवार नियोजनबारे आफैले निर्णय लिने अधिकार तपाईंसित छ।