परिवार नियोजनको चक्की कसरी खाने गर्नुपर्छ

From Audiopedia
Revision as of 12:21, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

यस्ता चक्कीहरू २१ वा २८ वटा भएको प्याकेटमा पाइन्छ। यदि २८ वटा छन् भने उक्त महिनाको हरेक दिन एउटा चक्की लिनुहोस्। एउटा प्याकेट सकिने बित्तिकै अर्को प्याकेटबाट लिन थाल्नुहोस्। (किनभने उक्त प्याकेटको ७ वटा चक्कीमा चिनी मात्र हुन्छ, हर्मोन हुँदैन। यसले तपाईंलाई नियमित लिनुपर्छ भन्‍ने कुरा सम्झाउँछ।)

यदि तपाईं २१ वटा चक्की भएको प्याकेट लिंदै हुनुहुन्छ भने नयाँ प्याकेट सुरू गर्नुभन्दा अघि ७ दिन पर्खनुहोस्। प्रायजसो तपाईंले चक्की नलिएका दिनहरूमा तपाईंको महिनावारी हुन्छ। तर तपाईंको महिनावारी भएन भने पनि ७ दिनपछि नयाँ प्याकेटबाट चक्की लिनुपर्छ।

२१ र २८ चक्की भएका दुवै प्याकेटको पहिलो चक्की तपाईंको महिनावारीको पहिलो दिनमा लिनुहोस्। यसरी तपाईंलाई तुरुन्तै गर्भधारण हुन देखि जोगाउँछ। तर तपाईंले पहिलो दिनपछि मात्र चक्की लिनुहुन्छ भने महिनावारीको ७ दिनभित्र नयाँ प्याकेटबाट लिन पनि सक्नुहुन्छ। तर गर्भधारण हुनबाट यसले तपाईंलाई तुरुन्तै जोगाउँदैन। त्यसैले चक्की लिएको पहिलो २ हप्तामा परिवार नियोजनको अर्को विधि अपनाउनुपर्छ वा यौन सम्बन्ध नराख्नु बेस हुन्छ।

तपाईंले यौन सम्बन्ध नराखे तापनि हरेक दिन एउटा चक्की खानुपर्छ। हरेक दिन एउटै समयमा चक्की खाने प्रयास गर्नुहोस्। यसले हप्ताको एउटै दिनमा नयाँ प्याकेट सुरु गर्नुपर्छ भनेर पनि सम्झन मदत दिन्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020426