सही प्रकारको थोपा सिंचाइ प्रणाली म कसरी छान्‍न सक्छु

From Audiopedia
Revision as of 12:21, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

थोपा सिंचाइ प्रणाली छान्दा सबैभन्दा साधारण र प्रभावकारी अनि रेखदेख गर्न पनि सजिलो हुने प्रकारको छान्‍नुपर्छ। यस्तो प्रणाली जडान गर्दा थोपा सिंचाइमा दक्ष व्यक्तिको सुझाव आवश्यक पर्छ। काम सुरू गर्नुअघि तपाईंसित डिजाइन हुनु आवश्यक छ। लामो, सीधा खाट जस्तो डिजाइन भएमा प्रभावकारी हुन्छ र पानी जोगाउनुका साथै यसलाई जडान गर्न पनि सजिलो हुन्छ।

अर्को कदम चाहिं एउटै किसिमको पानी हाल्ने तरिका आवश्यक पर्ने बालीका प्रकारहरू छुट्याउनुहोस्। यसो गर्दा पानी राख्‍ने तरिका मिलाउन सजिलो हुन्छ। तर हरेक विरूवालाई ठ्याक्क मिल्ने किसिमको पानी हाल्ने तरिका मिलाउन गाह्रो हुन्छ। तैपनि केही सामान्य निर्देशनहरू पछ्याउँदा प्रभावकारी तरिकामा पानी हाल्ने प्रणालीको सृजना गर्न सकिन्छ र त्यसको रेखदेख गर्न सकिन्छ। तर थोपा सिंचाइ जडान गर्नुअघि खेतको माटो कस्तो प्रकारको छ भनेर थाह पाउनुपर्छ।

Sources