अप्रिय घटना अनुभव गर्दा देखाउने प्रतिक्रियाबारे मैले के थाह पाउनुपर्छ

From Audiopedia
Revision as of 12:21, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

कुनै व्यक्तिले अप्रिय घटना अनुभव गरेपछि तिनले विभिन्‍न प्रतिक्रिया देखाउन सक्छन्। जस्तै:

  • आफ्नो दिमागमा त्यही घटनाहरू बारम्बार दोहरिरहन्छन्। ब्युझिएको बेला पनि त्यही डरलाग्दो घटनाबारे सोचिरहन्छिन्। राती सपनामा पनि त्यही देख्‍छिन् वा त्यही घटनाबारे सोचेको कारणले निदाउन सक्दिनन्।
  • लाटो महसुस हुने वा पहिलेको भन्दा भावनात्मक रुपमा कमजोर महसुस हुने। त्यही घटना याद गराउने मानिस वा ठाउँबाट टाढा जाने प्रयास गर्छिन्।
  • धेरै सतर्क हुन्छिन्। खतरा कहाँ छ भनेर निरन्तर हेरिरहन्छिन्, यसले गर्दा तिनी आराम गर्न र निदाउन सक्दिनन्। झस्किंदा तिनले अति नै धेरै आत्तिएको प्रतिक्रिया देखाउँछिन्।
  • जे भयो त्यसमाथि रिस व्यक्त गर्छिन् वा लाज महसुस गर्छिन्। यदि कुनै घटनाबाट तिनी बचेकी थिइन् वा अरू कसैको मृत्यु भएको वा गम्भीर घाइते भएको थियो भने तिनले आफूलाई दोषी महसुस गर्छिन्। आफूले भन्दा अरूले धेरै दुःख पाए भनेर आफैलाई दोषी ठान्छिन्।
  • अरू मानिसबाट छुट्टिएको वा टाढा महसुस गर्छिन्।
  • झनक्क रिसाएर अनौठो किसिमको वा हिंसात्मक व्यवहार गर्छिन् र पछि आफू कहाँ छु भनेर अल्मलिन्छिन्।
  • अप्रिय घटना अनुभव गरेकाहरूले चिन्ता वा अत्याधिक शोक गर्ने वा रक्सी वा लागू पदार्थ दुरूपयोग गर्ने पनि हुन सक्छन्।

परिस्थिति गाह्रो हुँदा देखाउने यीमध्ये थुप्रै सामान्य प्रतिक्रिया हुन्। उदाहरणको लागि, जे घटना भयो त्यसमा रिस उठ्नु वा परिस्थिति खतरनाक छ भने सतर्क हुनु सामान्य हो। तर यी लक्षणहरू बढेर दैनिक क्रियाकलाप गर्न नसक्ने हुन्छ भने वा घटना भएको धेरै महिनापछि यी लक्षणहरू देखिन थाल्छ भने उक्त व्यक्तिलाई मानसिक स्वास्थ्य समस्या हुन सक्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011510