चक्की लिन छोड्नुपर्ने र स्वास्थ्यकर्मीलाई देखाउनुपर्ने अवस्था कहिले आउन सक्छ

From Audiopedia
Revision as of 12:21, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

निम्‍न अवस्थामा चक्की लिन छोडेर स्वास्थकर्मीलाई देखाउनुपर्ने हुन सक्छ:

  • चक्की लिन थालेपछि धेरै टाउको दुखेर आँखा धमिलो देखिने हुन्छ भने (माइग्रेन)।
  • हात वा खुट्‍टा कमजोर वा लाटो महसुस हुन्छ भने।
  • छाती धेरै दुख्‍ने र सास फेर्न गाह्रो हुन्छ भने।
  • एउटा मात्र खुट्‍टा धेरै दुख्छ भने।
  • पेट धेरै दुख्छ भने।

यस्ता समस्याहरू भएको बेला गर्भधारण हुनु खतरनाक हुन सक्छ। त्यसैले हर्मोन सम्बन्धि तालिम पाएका स्वास्थ्यकर्मीसित अरू परिवार नियोजनका विधिहरूबारे कुरा नगरे सम्म कन्डम जस्ता अरू विधिहरू अपनाउनु बेस हुन्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020425