संयुक्त चक्की कसले प्रयोग गर्नु हुँदैन

From Audiopedia
Revision as of 12:21, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

कुनै महिलालाई स्वास्थ्य समस्या छ भने यस्ता चक्कीहरू प्रयोग गर्नु तिनको लागि खतरनाक हुन सक्छ।

यदि तपाईंको अवश्था माथि बताएजस्तै छ भने यस्ता चक्कीहरू कहिल्यै प्रयोग नगर्नुहोस्, वा यदि तपाईंलाई:

  • कलेजोको रोग हेपाटाइटिस लागेको छ वा तपाईंको छाला वा आँखा पहेंलो भएको छ भने।
  • मस्तिष्कघात, पक्षघात वा मुटु रोगको संकेत देखिएको थियो भने।
  • खुट्टाको निलो नसाहरूमा, फोक्सोमा वा मस्तिष्कमा रगत जमेको थियो भने। हरियो नसा सुन्‍नेको छ भने कुनै समस्या हुँदैन तर रातो भएर दुख्‍न थाल्यो भने चाहीं समस्या हुन सक्छ।

यदि तपाईंलाई तल बताइए जस्तै कुनै स्वास्थ्य समस्या छ भने गर्भनिरोधक संयुक्त चक्की लिनुको साटो अन्य विधिहरू अपनाउनुहोस्। तर यदि तपाईं अन्य विधिहरू अपनाउन सक्नुहुन्‍न भने गर्भवती भएर बस्‍नु भन्दा त्यही संयुक्त चक्की प्रयोग गरिरहनुहोस्।

संयुक्त चक्की प्रयोग नगर्नुहोस् यदि:

  • तपाईंले स्तनपान गराइरहनु भएको छ भने। आफ्नो स्तनबाट दूध आइरेहेको छ कि छैन पक्का गर्नुहोस्। यस्तो जाँच गर्न ३ हप्‍ता लाग्छ।
  • तपाईंले धुम्रपान गर्नुहुन्छ र तपाईंको उमेर ३५ वर्ष भन्दा माथि भएको छ भने। यस्तो अवश्थामा तपाईंले संयुक्त चक्की प्रयोग गर्नुभयो भने तपाईंलाई मस्तिष्कघात वा हृदयघात हुने सम्भावना धेरै हुन्छ।
  • तपाईंलाई मधुमेह वा क्षारेरोग भएको छ भने। यदि तपाईंले क्षारेरोगको औषधी लिइरहनु भएको छ भने, अलि कडा प्रकारको (५० माइक्रोग्राम एस्ट्रोजेन भएको) गर्भनिरोधक चक्की लिनु पर्छ। यस विषयमा स्वास्थ्यकर्मी वा डाक्टरको मदत लिनुहोस्।
  • तपाईंलाई उच्च रक्तचाप (१४०/९० भन्दा बढी) भएको छ भने। यदि तपाईंलाई उच्च रक्तचाप भएको छ भनेर भनिएको थियो वा आफूलाई उच्च रक्तचाप भएको छ जस्तो लाग्छ भने स्वास्थ्यकर्मीकहाँ गएर जँचाउनुहोस्। यदि तपाईंको वजन निकै धेरै छ, प्राय टाउको दुखि राख्छ, सास फेर्न गाह्रो हुन्छ, कमजोर महसुस हुन्छ वा प्राय रिङ्टा लागिरहन्छ वा बायाँ काँध वा छातिमा दुख्छ भने उच्च रक्तचापको जाँच गराउनुहोस्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020423