गर्भपतन गराउने कि नगराउने भनेर कसरी निर्णय गर्न सक्छु

From Audiopedia
Revision as of 12:20, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

गर्भपतन गराउने कि नगराउने भन्‍ने कुरा तपाईं बस्‍नुभएको ठाउँमा सुरक्षित गर्भपतन उपलब्ध छ कि छैन, त्यसमा निर्भर हुन्छ। साथै, गर्भपतन वा बच्चाले तपाईंको जीवनलाई कसरी असर गर्छ भन्‍ने कुरामा पनि निर्भर हुन्छ।

यी प्रश्‍नहरूबारे विचार गर्दा मदत पाउन सक्नुहुन्छ:

  • बच्चा जन्मेपछि तपाईं तिनको स्याहार-सुसार गर्न सक्नुहुनेछ? बच्चा हुर्काउन चाहिने खर्च जुटाउन सक्नुहुन्छ?
  • गर्भधारण गर्दा के तपाईंको स्वास्थ्यलाई खतरा हुन सक्छ?
  • बच्चालाई हुर्काउन मदत गर्ने जोडी तपाईंसित छ? यस्तो निर्णयबारे तपाईं उहाँसित कुरा गर्न सक्नुहुन्छ?
  • तपाईंको धर्म वा परिवारले गर्भपतन गर्न दिंदैन कि? नदिए तापनि तपाईंले गर्भपतन गराउनुभयो भने तपाईंलाई कस्तो महसुस हुनेछ?
  • गर्भपतन कसरी गराइनेछ?
  • तपाईं कति लामो समय गर्भवती हुनुभयो?
  • तपाईंलाई यौनजन्य रोग वा एच.आइ.भि लागेको छ कि? तपाईं जवान हुनुहुन्छ, एक्लो हुनुहुन्छ र तपाईंको नयाँ जोडी छ वा तपाईंमा यौनजन्य रोगको लक्षण देखिन्छ भने तपाईंलाई यौनजन्य रोग लाग्‍ने सम्भावना धेरै हुन्छ। तपाईंलाई यौनजन्य रोग लाग्‍ने खतरा छ जस्तो लागेमा गर्भपतन गराउनुअघि तपाईंले यौनजन्य रोगको उपचार गराउनुपर्छ।
  • गर्भपतन गराउँदा के-कस्ता समस्या आउन सक्छ? तपाईंलाई एच.आइ.भि वा एड्स लागेको छ भने असुरक्षित गर्भपतन गराउँदा खतरा धेरै हुन्छ।
  • यदि स्वास्थ्य समस्या आयो भने आपतकालीन स्वास्थ्य स्याहारको लागि कहाँ जान सक्नुहुन्छ? त्यहाँ कसरी पुग्‍न सक्नुहुन्छ?

सुरक्षित गर्भपतन उपलब्ध छैन भने बच्चा जन्माएर धर्म पुत्र वा पुत्रीको रूपमा कसैलाई दिन सक्नुहुन्छ। यदि यस्तो कुरा तपाईं र तपाईंको समाजमा स्वीकार्य छ भने यसो गर्न सक्नुहुन्छ ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020207