मैले पर्याप्त क्याल्सियम प्राप्त गर्दै छु भनेर कसरी पक्का गर्ने

From Audiopedia
Revision as of 12:20, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

सबैलाई आफ्नो हड्डी र दाँत बलियो बनाउन क्याल्सियम आवश्यक पर्छ। साथै, किशोरीहरू तथा महिलाहरूलाई थप क्याल्सियम आवश्यक पर्छ।

  • बाल्यकालमा क्याल्सियमले बालिकाको कम्मर फराकिलो बनाउँदै लैजान मदत
  गर्छ, जसले गर्दा आफू पूर्णरूपमा हुर्किसकेपछि तिनीहरूले सुरक्षित तरिकामा  
 शिशुलाई जन्म दिन सक्छन्।
  • गर्भावस्था को दौडान। गर्भवती महिलाको बच्चाको हड्डी बढ्न र आफ्नो हड्डी र
 दाँत बलियो राख्‍न पर्याप्त क्याल्सियम आवश्यक पर्छ।
  • स्तनपानको दौडान। स्तनलमा दूध उत्पादन गर्न क्याल्सियम आवश्यक पर्छ।
  • अधबैंसे उमेर र बुढेसकालमा। हड्डी कमजोर हुन नदिन (ओस्टियोपोरोसिस्)
 क्याल्सियम आवश्यक पर्छ।

यी खानेकुराहरूमा पर्याप्त मात्रामा क्याल्सियम हुन्छ:

  • दूध, दही
  • हड्डीहरूबाट बनाइएको पाउडर
  • हरियो सागपात
  • चीज
  • पिसेको तिल
  • हाडे बदाम
  • गेडागुडी, विशेषगरि भटमास
  • सिपीकिरा
  • निबूवा (कार्बनको खरानी)
खानाबाट धेरै क्याल्सियमको मात्रा  प्राप्त  गर्न: 
  • केही घण्टा हड्डी वा अण्डाको बोक्रालाई कागतीको रस वा भेनेगरमा डुबाएर
 राख्‍ने अनि सुप वा अरू खानेकुरामा हालेर खान सकिन्छ।
  • सूपको लागि हड्डी पकाउँदा अलिकति कागतीको रस, सिरका अर्थात् भेनेगर,
 वा टमाटर थप्‍नुहोस्। अण्डाको बोक्रालाई पिसेर धुलो बनाएपछि खानामा 
 मिसाउनुहोस्।
  • मकैलाई कागतीमा भिजाउनुहोस् (कार्बन खरानी)।
  • घामले क्याल्सियमलाई राम्ररी प्रयोग गर्न तपाईंलाई मदत गर्छ। घाममा हरेक
 दिन कम्तिमा १५ मिनेट बस्‍ने प्रयास गर्नुहोस्। बाहिर हुँदैमा क्याल्सियम प्राप्त 
 हुन्छ भन्‍ने छैन भनेर नबिर्सनुहोस्। सूर्यको किरणले  छाला छुनै पर्छ।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010408