साना बच्चाहरूलाई खाना कसरी खुवाउनु पर्छ ६ महिनाभन्दा माथि उमेरका

From Audiopedia
Revision as of 12:20, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

पहिलो ६ महिना बच्चाहरूका लागि सबैभन्दा जोखिमपूर्ण समय हो। स्तनपान मात्र गराउनाले तिनीहरूलाई झाडापखाला र अरू सामान्य संक्रमण हुनबाट जोगाउँछ। साथै यसले जीवनको राम्रो सुरूवात गर्न पनि मदत गर्छ।

बच्चा ६ महिना पुग्दा तिनलाई थप अरू खानेकुरा चाहिन्छ र स्तनपानका साथै थप अरू पिउने कुरा पनि चाहिन्छ। यी कुराहरूले बच्‍चाको विकासका लागि आवश्यक शक्ति, प्रोटिन, भिटामिन र अरू आवश्यक पोषणतत्त्वहरू पनि दिन्छ।

तरकारी र फलफुल, मासु, कुखुराको मासु, माछा, अण्डा र दुग्ध सामाग्री जस्ता विभिन्‍न प्रकारका खानेकुराले बच्चालाई आवश्यक पोषणतत्त्व दिन्छ। दुई वर्ष र त्यो भन्दा धेरै समय सम्म स्तनपान गराउँदा बच्चालाई अत्यावश्यक पोषणतत्त्व प्रप्त हुनुका साथै रोगबिमारबाट पनि जोगाउँछ।

बच्चाहरूलाई नरम, अलि कडा वा खँदिलो खानेकुरा दिन ढिलो भयो भने उनीहरूले चाहिने पोषणतत्त्व पाइरहेका हुँदैनन्। यसले गर्दा तिनको शारिरीक विकास ढिलो हुन सक्छ। खँदिलो (ठोस खानेकुरा) खानेकुरा चखाउनको लागि पहिला नरम खानेकुराबाट सुरूवात गर्नुपर्छ। त्यसपछि बाक्लो लिटो जस्तो खानेकुरा र बिस्तारै खँदिलो खानेकुरा खुवाउनुपर्छ। जति धेरै प्रकारका स्वस्थकर खानेकुरा खुवाउनुहुन्छ, त्यत्ति नै धेरै शिशुको खाना सन्तुलित र पौषणयुक्त हुन्छ।

बच्चाको आवश्यकता र क्षमताअनुसार विभिन्‍न प्रकारका खानेकुरा खुवाउनुपर्छ। ६ महिनाको बच्चाले पिसेर गिलो पारेका खानेकुरा, सुप र पोरिजहरू खान सक्छन्। आठ महिनामा थुप्रै शिशुहरूले आफै खानेकुरा (बच्‍चाहरूले खान सक्ने कुराहरू) खान सक्षम हुन्छन्। बाह्र महिना पुगेपछि थुप्रै बच्चाहरूले परिवारका अरू सदस्यले खाने जस्तै कुराहरू खान सक्षम हुन्छन्।

आमाबुबा वा हेरचाह गर्ने व्यक्तिले बच्चाहरूको घाँटीमा अड्किन सक्ने खानेकुरा नदिन होसियार हुनुपर्छ। जस्तै: काष्‍ठफल (काजु, ओखर जस्ता कुराहरू), अङ्गुर र काँचो गाजर घाँटीमा अड्किन सक्छ। साथै यस्ता खानेकुरा जसको आकार र मिश्रित कुराले गर्दा बच्चाको घाँटीमा अड्किन सक्छ, त्यस्ता खानेकुरा नदिन पनि होसियार हुनुपर्छ।


Sources