परिवार नियोजनको कुन विधि मेरो लागि सबैभन्दा राम्रो हुन्छ

From Audiopedia
Revision as of 12:20, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

सही विधि छनौट गर्नको लागि यी प्रश्‍नहरूबारे विचार गर्न सकिन्छ:

  • यसको प्रभावकारीता कस्तो छ?
  • यौनजन्य रोग हुनदेखि जोगाउँछ कि जोगाउँदैन, यसको प्रभावकारीता कस्तो छ?
  • कत्तिको सुरक्षित छ? यस भागमा उल्लेख गरिएका कुनै पनि स्वास्थ्य समस्या यदि तपाईंमा छ भने परिवार नियोजनका कुनै-कुनै विधिहरू तपाईंले अपनाउनु हुँदैन।
  • यो प्रयोग गर्नु कत्तिको सजिलो छ?
  • के तपाईंको जोडी परिवार नियोजन गर्न सहमत छन्?
  • तपाईंको व्यक्तिगत आवश्यकता र चिन्‍ता के-के हुन्? उदाहरणको लागि, तपाईंले चाहे जति बच्चाहरू जन्माइसक्नुभएको छ कि वा तपाईं स्तनपान गराउँदै हुनुहुन्छ कि?
  • यो विधि अपनाउँदा कत्ति खर्च लाग्छ?
  • के यो सजिलै उपलब्ध छ? स्वास्थ्यचौकी धाइ राख्‍नु पर्ने पो हो कि?
  • अन्य असरहरूले (परिवार नियोजनले निम्तिने समस्या) गर्दा तपाईंलाई गाह्रो हुने पो हो कि?

यी विधिहरूबारे पढ्दा, कुन चाहिं विधि अपनाउने भनेर निर्णय गर्न सजिलो हुन्छ। साथै, अन्य प्रकारका विधिहरूबारे आफ्नो जोडी, अरू महिलाहरू वा स्वास्थ्यकर्मीलाई सोधेर मदत पाउन सक्नुहुन्छ।

आफूलाई उपयुक्त हुने परिवार नियोजनको विधि कुन हो भन्‍ने विषयमा, तपाईंले मात्र निर्णय गर्न सक्नुहुन्छ।



Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020408