पाठेघर खस्ने प्रोल्याप्स् समस्यादेखि म कसरी जोगिन सक्छु
From Audiopedia
कुनै महिलाले धेरै पटक गर्भधारण गरिसकेकी छिन्, लामो व्यथा लाग्दा वा व्यथाको दौडान चाँडै जन्माउँन शिशुलाई धकेल्ने प्रयास गर्छिन् भने तिनको पाठेघर स्थिर बनाउने मांशपेशी र तन्तु कमजोर हुन सक्छन्। यस्तो भयो भने पाठेघरको केही भाग वा पूरै भाग योनीतिर खस्न सक्छ। यसलाई पाठेघर खस्ने वा प्रोल्याप्स् भनिन्छ। पाठेघर खसेको लक्षण भनेको पिसाब चुहिनु हो। यो अवश्था गम्भीर भएमा गर्भाशय, योनीको सुरुमै देख्न सकिन्छ।
यस्तो समस्याबाट जोगिन २ वर्षको अन्तरालमा बच्चा जन्माउनुपर्छ। व्यथा लागेको बेला गर्भाशय पूरै खुलेपछि मात्र धकेल्ने अनि धकेल्न आवश्यक जस्तो महसुस धेरै भएमा धकेल्न सकिन्छ। शिशुलाई छिटो निकाल्न कसैलाई पनि पाठेघरमा धेकेल्न वा थिच्न नदिनुहोस्।