म कसरी धनुषटंकार टिटानस को संक्रमणबाट जोगिन सक्छु

From Audiopedia
Revision as of 11:57, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

धनुषटंकार यस्तो संक्रमण हो जसले ज्यान लिन सक्छ। मानिसको वा जनावरको दिशामा भएको किटाणुहरू कुनै महिलाको घाउमार्फत तिनको शरीरमा पस्यो भने तिनलाई टिटानस हुन सक्छ। हुनत सबैलाई टिटानस हुन सक्छ, तर विशेषगरि बच्चा जन्मिने बेला महिला वा शिशुहरूको लागि यो संक्रमण खतरनाक हुन सक्छ। यदि बच्चाको नाभी वा सालनाल काट्न प्रयोग गरिने औजारहरू सही तरिकामा किटाणुरहित बनाइएको छैन भने टिटानस लाग्‍न सक्छ।

त्यसैले सबै महिला र गर्भवतीहरूले टिटानसको खोप लगाउनुपर्छ। कुनै गर्भवती महिलाले खोप लगाएकि छैनन् भने गर्भावस्थाको बेला पहिलो पटक जाँच गराउँदा खोप लगाउनुपर्छ अनि त्यसपछि दोस्रो पटकको खोप कम्तिमा पनि एक महिनापछि लगाउनुपर्छ। त्यसपछि सम्भव छ भने बाँकी खोप निम्‍न समय तालिका अनुरुपै लगाउनुपर्छ।

  • नं. ३: दोस्रो खोप लगाएको कम्तिमा ६ महिनापछि
  • नं. ४: तेस्रो खोप लगाएको कम्तिमा १ वर्षपछि
  • नं. ५: चौथो खोप लगाएको कम्तिमा १ वर्षपछि
  • त्यसपछि हरेक १० वर्षमा एकपटक खोप लगाउनुपर्छ।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010211