बच्चाहरूलाई खाना पकाउने आगो, सलाई, इन्धनद्वारा बल्ने बत्ती, ममबत्ती र ज्वलनसिल पदार्थ जस्तै, प्याराफिन र मट्टीतेलदेखि टाढै राख्नुहोस्।
चुल्होलाई बच्चाले भेट्न नसक्नेगरि सम्म र अग्लो ठाउँमा राख्नुहोस्।
यदि खुला ठाउँमा आगो बालेर पकाइँदैछ भने सिधै भुईंमा आगो बाल्नुभन्दा पहिला त्यो ठाउँमा माटो राखेर सतह अलि माथि उठाउनुहोस्। बच्चाहरूलाई पकाउने ठाउँमा जान नदिन माटो, बाँस वा अन्य कुराहरू प्रयोग गरेर बार लगाउनुहोस् अथवा बच्चा खेल्नको लागि बनाइएको बार लगाइएको ठाउँमा उनीहरूलाई राख्नुहोस्।
साना बच्चाहरूलाई आगो छेउछाउतिर नछोड्नुहोस् वा आगो तिर वा पकाउने ठाउँतिर जान नदिनुहोस्।
बच्चाहरूलाई हिटर, तातिएको आइरन र अन्य तातो कुराहरूबाट टाढै राख्नुहोस्।
कोठामा ममबत्ती वा आगो बालेको छ भने बच्चालाई एक्लै नछोड्नुहोस्।