डायफ्रेग्मको विषयमा मैले के थाह पाउनुपर्छ

From Audiopedia
Revision as of 11:57, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

डायफ्रेग्म धेरै खाल्टो नपरेको कप हो। यो नरम रबर वा पातलो सिलिकनले बनेको हुन्छ र यो यौन सम्बन्ध राख्‍ने बेला महिलाले आफ्नो योनीमा लगाउँछिन्। डायफ्रेग्मले गर्भाशयलाई पूरै छोप्छ र पुरूषको शुक्रकिट पाठेघरसम्म पुग्‍न पाउँदैन।

सही तरिकामा यसको प्रयोग गरिएको छ भने यसले प्रायजसो गर्भधारण हुनदेखि जोगाउँछ र यौनजन्य रोगबाट पनि केही हदसम्म सुरक्षा दिन्छ। डायफ्रेग्मलाई शुक्रकिट मार्ने क्रिमसित प्रयोग गर्नुपर्छ। यस्तो क्रिम तपाईंसित छैन भने पनि डायफ्रेग्म प्रयोग गर्न सकिन्छ तर गर्भधारण हुनदेखि जोगाउन गाह्रो पर्न सक्छ।

डायफ्रेग्म विभिन्‍न साइजमा पाइन्छ र स्वास्थ्यचौकी र परिवार नियोजन गरिने क्लिनिकहरूमा पनि पाइन्छ। पेल्भिक जाँच गर्न तालिम पाएका स्वास्थ्यकर्मीले तापाईंको जाँच गरेर डायफ्रेग्मको सही साइज भेट्टाउन मदत गर्न सक्छन्। सही साइज प्रयोग गर्नुभयो भने मात्र यसले प्रभावकारी तरिकामा काम गर्छ।

विशेषगरि डायफ्रेग्मलाई एक वर्ष भन्दा धेरै समयसम्म प्रयोग गरियो भने यसमा प्वाल पर्न सक्छ। त्यसैले समय-समयमा यसको जाँच गर्नु राम्रो हुन्छ। रबर सुख्खा वा कडा हुन थाल्यो वा यसमा प्वाल पर्‍यो भने अर्को प्रयोग गर्नुहोस्।

यौन सम्पर्क गर्नु केही समयअघि वा ६ घण्टा अघि नै डायफ्रेग्म राख्‍न सक्नुहुन्छ। डायफ्रेग्म राखेर एक पटक भन्दा धेरै पटक यौन सम्बन्ध राख्नुहुन्छ भने हरेक पटक यौन सम्पर्क गर्नुअघि डायफ्रेग्म ननिकालिकन त्यसमै अझ थप शुक्रकिट मार्ने क्रिम योनीमा राख्नुहोस्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020414