यदि मैले आफ्नो स्तनमा डल्लोहरू भेट्टाँए भने के गर्ने
From Audiopedia
यदि त्यस्तो डल्लोहरू नरम वा रबर जस्तो छ अनि औंलाले थिच्दा छालाको मुनी यताउता चल्छ भने चिन्ता गर्नु पर्दैन। यदि डल्लो कडा छ, एकैनासे आकारको छैन, छाम्दा दुख्दैन, अनि विशेषगरि यस्तो डल्लो एउटा मात्र स्तनमा छ र धलेक्दा वा थिच्दा यताउता सर्दैन भने त्यसलाई बेला-बेलामा जाँचिरहनुहोस्। अर्को महिनावारीपछि पनि स्तनमा उक्त डल्लो अझै छ भने स्वास्थ्यकर्मीको मदत लिनुहोस्।यो क्यान्सरको संकेत पनि हुन सक्छ। यदि स्तनबाट रगत वा पिप जस्तो देखिने कुराहरू बगिरहेको छ भने स्वास्थ्य उपचार गराउनुपर्छ।