योजनाविना नै म गर्भवती भएँ भने मैले के गर्ने

From Audiopedia
Revision as of 11:57, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

तपाईंले यौन सम्बन्ध राख्‍नुभयो र तपाईंको महिनावारीमा ढिलाइ हुँदै छ, स्तन दुख्छ, छिन-छिनमा पिसाब भइरहन्छ वा वान्ता आउला जस्तो हुन्छ भने तपाईं गर्भवती भएको हुन सक्छ। तपाईं गर्भवती हुनुभएको हो कि होइन भनेर पक्का गर्न तुरून्तै स्वास्थ्यकर्मी वा सुँडेनीलाई देखाउनुहोस्।

आफूले नचाहँदा नचाहँदै पनि थुप्रै किशोरीहरू गर्भवती भएका छन्। यस्तो अवश्थामा तिनीहरूमध्ये कतिपयले परिवार र साथीहरूबाट आवश्यक मदत पाउन सकेका छन्। तर कसै-कसैलाई भने यस्तो मदत पाउन सजिलो छैन।

योजना नबनाइकन गर्भवती हुनुभयो र अब त्यसलाई समाप्त गर्ने कि नगर्ने भनेर दोधारमा हुनुहुन्छ भने निर्णय गर्दा होसियार हुनुहोस्। आफूभन्दा पाको उमेरका र तपाईंले भरोसा गर्ने व्यक्तिसित कुरा गर्नुहोस्। तपाईंको जीवन धेरै बहुमूल्य छ। थुप्रै देशहरूमा गर्भवती अवस्थालाई समाप्त गर्न किशोरी तथा महिलाहरूले खतरनाक तरिका अपनाएको कारण धेरैको मृत्यु भएको छ। गर्भावस्था समाप्त गर्ने अरू थुप्रै सुरक्षित तरिकाहरू छन्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020819