सासु-ससुरासित कस्ता कुरामा विवाद हुन सक्छ

From Audiopedia
Revision as of 11:57, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

थुप्रै देशहरूमा महिलाले विवाहपछि आफ्नो जन्मदिने परिवार छोडेर श्रीमान्‌को परिवारसित बसेको आशा गरिन्छ। थुप्रै जवान किशोरीहरूका लागि यस्तो विछोड पीडादायी हुन्छ, किनभने तिनीहरूले आफ्ना बुबाआमा र दाजुभाइ दिदीबहिनीको कमी महसुस गर्छन् अनि साथै एक्लो भएको, पतिको परिवारमा छुट्याइएको र मदत नपाएको महसुस पनि गर्छिन्।

गरिबी र प्रचलनको कारणले गर्दा विकासोन्मुख देशहरूमा संयुक्त परिवार एकै छानोमुनी बस्‍नुपर्ने हुन्छ, यसको मतलब जवान विवाहित दम्पतिहरू परम्परा र चलनअनुसार बुबाआमा र बाजेबज्यैसित बस्‍न बाध्य हुन्छन्।

यस्ता परिस्थितिहरूमा सासु-ससुराले जवान महिलाको जीवन गाह्रो बनाइदिन् सक्छन् र श्रीमान्-श्रीमतीको वैवाहिक जीवनमा हत्क्षेप गर्न सक्छन्। केही अनुभव गरिएका हस्तक्षेपका उदाहरणहरू निम्‍न प्रकारका छन्:

  • जवान महिलाले तिनीहरूलाई धेरै मदत गर्नुपर्ने वा तिनीहरूलाई आवश्यकता पर्दा तिनीहरूको ख्याल राख्नुपर्ने हुन्छ।
  • सासु-ससुराले विवाहलाई अस्विकार गर्ने र परिणाम स्वरूप बुहारीलाई नराम्रो व्यवहार गर्ने हुन्छ।
  • परिवारले मूल्यवान् ठान्‍ने कुरा जस्तै: छोरा जन्माउने वा परिवारको लागि पैसा कमाउने जस्ता कुरा पूरा नहुँदा जवान पत्‍नीलाई अचाक्ली दबाब दिइन सक्छ।
  • श्रीमती भित्र्याइएको घर धेरै सानो छ भने बुहारीको लागि थोरै मात्र ठाउँ प्रबन्ध गराइन्छ र तिनलाई दिइने खाना र अरू आवश्यक कुराको मात्रा थोरै हुन सक्छ किनभने बुहारीको निम्ती तिनीहरू पैसा खर्चिन चाहँदैनन्।
  • सासु-ससुराले बुहारीलाई दुर्व्यवहार गर्न सक्छन्:


तिनको अपमान गरेर वा छड्के हानेर घोचपेच गरेर आक्रमण गरेर खानेकुरा नदिएर वा भोकै राखेर घर बाहिर जान र अरूलाई भेट्न नदिएर आफ्नो बुबाआमाको घर जान नदिएर आफ्नो बुबाआमाको घरबाट आएका पाहुनाहरूसित कुरा गर्न नदिएर आफ्नो छोराछोरीलाई तिनबाट टाढा राखेर


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np021015