बच्चाको घाँटीमा कुनै कुरा अड्किन नदिन के गर्न सकिन्छ

From Audiopedia
Revision as of 11:57, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

बच्चाहरूले आफू वरपर भएका कुराहरू थाहा पाउन आफ्नो मुखमा केही चिजहरू राख्‍ने गर्छन्, यसो गर्दा उक्त चिज तिनीहरूको घाँटीमा अड्किन सक्छ। साथै बच्चाहरूलाई कडा मिठाइ जस्तो केही खानेकुराहरू चपाउन र निल्न गाह्रो हुने भएकोले ती कुराहरू घाँटीमा अड्किन सक्छ।

अभिभावकहरू वा अन्य रेखदेख गर्ने व्यक्तिहरूले:

  • बच्चा खेल्ने र सुत्‍ने ठाउँ वरपर टाँक, मुगा, बेलुन, पेनको ढक्कन, सिक्का, गेडागुडी र नट्सहरू नराख्नुहोस्।
  • बच्चालाई नयाँ खेलौना दिंनुभन्दा अघि त्यसको केही कुराहरू फुस्किन लागेको वा धारिलो टुक्रा निस्किन लागेको छ कि, राम्ररी जाँच्‍नुहोस्। किनकि यस्तो कुराहरू बच्चाले निल्न सक्छ वा त्यसले बच्चालाई घोंच्‍न सक्छ।
  • जमिन मुनि फल्ने नट्स (बदाम), कडा मिठाइ वा स-साना हड्डी सहितको मासु वा गेडागुडी घाँटीमा अड्किन सक्ने भएकोले यस्ता चिजहरू बच्चालाई कहिल्यै नदिनुहोस्।
  • बच्चाहरूले खानेकुरा खाँदा सधैं याद गर्नुहोस् अनि खानेकुराको ठूला टुक्राहरू घाँटीमा अड्किन सक्‍ने भएकोले चपाउन सकिने र निल्‍न सक्ने बनाउन सानो-सानो टुक्रा पार्नुहोस्।
  • खोकी लाग्‍ने, नबोल्ने र चर्को तिखो स्वर निकाल्ने, सास फेर्दा घ्यार्र-घ्यार्र आवाज आउने वा कुनै पनि आवाजै निकाल्न नसक्ने जस्ता सबै कुराहरूले बच्चालाई सास फेर्न गाह्रो भइरहेको अनि घाँटीमा केही चिज अड्केको छ भन्‍ने कुरा बुझ्‍न सकिन्छ। बच्चाले आफ्नो मुखमा कुनै चिज हालेको नदेखे तापनि यदि उसलाई अचानक सास फेर्न गाह्रो भयो भने घाँटीमा केही अड्केको छ भनेर अभिभावक र अन्य रेखदेख गर्न व्यक्तिले शंका गर्नुपर्छ।


Sources