थोपा सिंचाई प्रणालीका फाइदाहरू के-के हुन्

From Audiopedia
Revision as of 11:57, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

थोपा सिंचाइ प्रणाली अरू सिंचाई प्रणालीहरू जस्तै: छर्किने सिंचाइ प्रणाली भन्दा धेरै राम्रो हुन्छ। यसो हुनुको विभिन्‍न कारणहरू छन्।

  • थोपा सिंचाइ प्रणाली एकदमै प्रभावकारी छ, किनभने पानी निस्कने ठाउँबाट सीधै विरूवामा मात्र पानी दिइन्छ, यसले गर्दा पानी खेर जाने हुँदैन। अरू तरिका र छर्किने सिंचाइभन्दा थोपा सिंचाइले ३० देखि ५० प्रतिशत पानी कम प्रयोग गर्छ।
  • सही सिंचाइ प्रणालीले थोरै मात्रामा तर निरन्तर पानी दिने भएकोले बाली राम्ररी बढ्ने स्थिति सृजना गर्छ। यसरी खेर नजाने तरिकामा पानी दिंदा थोरै मात्रामा सामा अर्थात झार उम्रिने हुन्छ। साथै दिइएको पानी विरूवाको जरानिर नै भएकोले यसलाई विरूवाले राम्ररी प्रयोग गर्न सक्छ। यी कारणहरूले गर्दा राम्ररी बीऊ अंकुराउँन पाउँछ, उत्पादन बढ्छ र सामा अर्थात झारको लागि थोरै पानी भएकोले थोरै नै मात्रामा झार उम्रिन्छ।
  • विरूवामै सीधै पानी दिइने भएकोले पानी खेर जाने कम हुन्छ, जसले गर्दा उर्वरक पदार्थ वा पोषण तत्त्व पनि बगेर जाँदैन। यसको मतलब उर्वरक पदार्थ खेर नगइ त्यसको प्रयोग राम्ररी हुन्छ।
  • यस प्रणालीमा खर्च पनि कम लाग्छ।
  • माटोको पानी सोच्‍ने क्षमता बढ्छ।
  • उर्वरक पदार्थ र भूमिको पानी एक-आपसमा मिसिंदैन।


Sources