योनीबाट लिङ्ग निकाल्ने वा तान्नेबारे मैले के थाह पाउनुपर्छ
From Audiopedia
यो तरिका अपनाउँदा पुरूषको वीर्य निस्कनुअघि नै तिनले महिलाको योनीबाट लिङ्ग निकाल्छन् र तिनको यौन अङ्गबाट टाढा राख्छन्। कुनै तरिका नअपनाउनुभन्दा यो तरिका अपनाउनु राम्रो हुन्छ। तर सँधै यसले काम गर्छ भन्न सकिंदैन। कहिलेकाहीं पुरूषले लिङ्ग बाहिर झिक्नु अघि नै वीर्य निस्कन सक्छ। यदि पुरूषले लिङ्ग झिक्न सके तापनि कहिलेकाहीं वीर्य निस्कनुअघि रालमा भएका शुक्रकिटहरू लिङ्गबाट चुहिन सक्छ र महिला गर्भवती हुन सक्छन्।