कस्ता महिलाहरू धेरै जसो दुर्व्यवहारको शिकार हुन्छन्

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

थुप्रै जोडिहरूमा महिला पहिलो पटक गर्भवती भएपछि पुरुषले हिंसात्मक व्यवहार देखाउने गर्छ। उसले महिलाको शरिरमा आएको परिवर्तनलाई नियन्त्रण गर्न नसकेकोले गर्दा सबै कुराहरू आफ्नो नियन्त्रण बाहिर जाँदैछ भनेर महसुस गर्न सक्छ। महिलाले आफूलाई (पुरुषलाई) भन्दा बच्चालाई बढी ध्यान दिएकोले वा आफूसँग यौन सम्पर्क राख्‍न नचाहेकोले गर्दा रिस उठ्न सक्छ। बच्चा जन्मिने बेलामा आफूसँग पैसा नहुँदा थुप्रै जोडीहरूले झनै दु:ख महसुस गर्छन्।

अशक्तता भएका महिलाहरू पनि दुर्व्यवहारको शिकार हुन सक्छन्: केही पुरुषहरू सबै कुरा पूर्ण भएको महिला आफूले नपाएको कारण रिसाउँछन्। अशक्तता भएको महिलाले आफूलाई बचाउन खासै केही गर्न सक्दैन भन्‍ने सोचाइ राखेकोले, पुरुषले अशक्तता भएको महिलामाथि नियन्त्रण जमाउन सजिलो मान्छन्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020109