दिन गन्‍ने तरिका कसरी प्रयोग गर्ने

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

दिन गन्‍ने तरिका अपनाउँदा तपाईंको प्रजनन भएको अवस्थामा यौन सम्पर्क राख्‍न सकिंदैन। तपाईंको नियमित चक्र २६ देखि ३२ दिन जति लामो हुन्छ भने मात्र यो तरिका अपनाउन सकिन्छ। यसको मतलब महिनावारी भएको पहिलो दिनदेखि अर्को महिनाको महिनावारी हुने पहिलो दिन बीच २६ दिन हुनुपर्छ र ३२ दिन भन्दा लामो हुनुहुँदैन।

एउटा महिनावारीदेखि अर्को महिनावारी सम्म लगभग उस्तै दिनहरूको गन्ती हुन्छ (नियमित) भने यो तरिका प्रभावकारी हुन्छ। तर एउटा चक्रको दिनहरू लामो हुन्छ र कुनै छोटो हुन्छ भने तपाईंले गर्भधारण गर्ने सम्भावना धेरै हुन्छ। महिलाहरू बिरामी छन् वा धेरै तनावमा छन् भने महिनावारी चक्रमा गडबडी हुनु सामान्य हो। त्यसैले तपाईं बिरामी हुनुहुन्छ वा तनावमा हुनुहुन्छ भने निको नभएसम्म परिवार नियोजनको अर्कै तरिका अपनाउनु बेस हुन्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020511