क्यान्सर लाग्‍नदेखि कसरी जोगिन सक्छु

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

थुप्रै क्यान्सर हुनुको कारण अहिले सम्म पत्ता लागेको छैन।

स्वस्थ जीवनशैलीले थुप्रै क्यान्सरको रोकथाम गर्छ। यसको मतलब पोषणयुक्त खानेकुरा खाने र क्यान्सर गराउन सक्ने कुराहरू नखाने। उदाहरणको लागि:

चुरोट वा सुर्तीको सेवन नगर्नुहोस्।

घरमा वा काम गर्ने ठाउँमा हानीकारक रसायनीक पदार्थबाट टाढा रहनुहोस्। खानेकुरा उब्जाउने वा त्यसलाई भण्डार गर्ने पदार्थबाट टाढै रहनुहोस्।

महिलाहरूको स्तनमा विशेषगरि नरम, पानी भरिएका गीर्खाहरू अर्थात डल्लोहरू (सिस्ट भनिन्छ) हुन्छन्। महिलाको महिनावारीचक्रको दौडान यी गीर्खाहरू परिवर्तन हुन्छन् र कहिलेकाहीं यसलाई थिच्दा दुख्‍ने हुन्छ। केही गीर्खाहरू क्यान्सर हुन्। महिलाहरूमा प्रायजसो स्तन क्यान्सर हुने सम्भावना धेरै भएकोले हरेक महिना तिनीहरूले गीर्खाहरू हेर्न आफ्नो स्तन जाँच्‍नुपर्छ।

हेपाटाइटिस बि र सि (जन्डिस) -ले गर्दा कलेजोको क्यान्सर हुन सक्छ। हेपाटाइटिस बि र सि -लाई रोकथाम गर्न सकिन्छ। यसको लागि सुरक्षित तरिकामा यौन सम्बन्ध राख्‍नु पर्छ र अरुले प्रयोग गरेको सुई प्रयोग गर्नु हुँदैन। साथै हेपाटाइटिस बि-को लागि खोप पनि पाइन्छ। बच्चा जन्मिंदा तिनलाई यस्तो खोप दिन सकिन्छ। वयश्कहरूले जुनसुकै समयमा यो खोप लिन सक्छन्।

नयाँ खोपलाई 'एच.पि.भि खोप' भनिन्छ, यसले जवान व्यक्तिहरूमा गर्भाशयको क्यान्सर हुन दिंदैन र यो थुप्रै देशहरूमा प्रयोग गरिन्छ। यो खोप किशोरीहरूले यौन सम्बन्ध नराख्दा नै तिनीहरूलाई दिइनुपर्छ। तपाईं बस्‍ने इलाकामा यस्तो खोप उपलब्ध छ कि भनेर स्वास्थ्यकर्मीलाई सोध्नुहोस्।

महत्त्वपूर्ण: क्यान्सर रोग चाँडै पत्ता लागेको र चाँडै उपचार गरिएको खण्डमा निको पार्न सकिन्छ। चाँडै क्यान्सर पत्ता लगाउन सकियो भने यसले महिलाको जीवन बचाउँछ। किनभने क्यान्सर फैलिनुअघि नै तिनलाई उपचार गर्न सकिन्छ। तपाईंको इलाकामा क्यान्सरको जाँच गर्ने सेवा उपलब्ध छ भने गएर जाँच गराउनु बेस हुन्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011404