महिलामाथि कस्ता प्रकारका हिंसा भएका छन्

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

पुरुषले महिलामाथि हैकम जमाउन खोज्‍ने अर्थात तिनीहरूसित नराम्रो व्यवहार गरेर आफू बलियो हुन खोज्‍ने थुप्रै तरिकाहरू छन्। यी मध्ये कुटपिट गर्ने तरिका एउटा मात्र हो। तर जस्तो सुकै तरिका भए तापनि ति सबैले महिलालाई दुखित बनाउँछ। भावनात्मक दुर्व्यवहार: पुरुषले महिलाको बेइज्जती गर्छ, आफ्नो अधिनमा राख्छ वा सुद्दिबुद्दि हराएको व्यक्ति जस्तो ठान्छ।

पैसाको नियन्त्रण: महिलाले आफ्नो काम गरेर कमाएको पैसा पनि आफैले राख्‍न खोज्छ। केही पैसा आवश्यक परेमा महिलाले उसलाई नै सोध्‍नु पर्ने अवश्था सृजना गर्छ। वा उसले महिलालाई काम गर्न दबाव दिन्छ र कमाएको पैसा आफैसँग राख्‍ छ।

यौन दुर्व्यवहार: पुरुषले महिलाको इच्छाबिना यौन क्रियाकलाप गर्छ वा तिनको यौन अङ्गहरूमा आक्रमण गर्छ। उसले महिलालाई कुनै बस्तु जस्तो ठान्छ।

दोष लगाउँछ: पुरुषले महिलामाथि दोष लगाउँछ अनि यो मैले ख्याल-ख्यालमा भनेको भनेर भन्छ वा तिमीले गर्दा मैले यस्तो भनेको भनेर दोष लगाउँछ।

बच्चाहरूलाई प्रयोग गर्ने: पुरुषले महिलालाई दोषी ठहराउन वा दु:ख दिन बच्चाहरूलाई प्रयोग गर्न सक्छ।

आफू 'पुरुष' भएकोले गर्दा: आफू पुरुष भएकोले महिलालाई नोकर जस्तो व्यवहार गर्ने छुट छ भनेर सोच्‍न सक्छ। साथै उसले आफैले मात्र निर्णयहरू गर्छ अनि यस विषयमा बोल्ने महिलाको कुनै अधिकार छैन भनेर भन्छ।

डर देखाउने: महिलालाई आँखा तरेर हेर्ने, हिर्काउला जस्तो गर्ने, ठूलो स्वरमा कराउने वा कुटपिट गर्ला कि भनेर डराउनु पर्ने तरिकामा व्यवहार गर्ने।

अलग राख्‍ने: महिलाले के गर्छिन्, कसलाई हेर्छिन र को सित बोल्छिन अनि कहाँ जान्छिन् भनेर पुरुषले तिनको सम्पूर्ण गतिविधिहरूको नियन्त्रण गर्छ।

दुर्व्यवहारको एउटा रुप भनेको कुनै पनि कुराको दोष अर्को व्यक्तिलाई लगाउनु हो: आफूमा भएको शक्ति र नियन्त्रण गर्ने क्षमताले गर्दा यी सबै हर्कतहरू हुने गर्छन्। धेरै जसो अवश्थाहरूमा मौखिक रुपमा गरिएको दुर्व्यवहार, केही समय पछि शारिरीक दुर्व्यवहारमा परिवर्तन हुने गर्छ। यस्तो कुरा पहिलो पटक मात्र भएको जस्तो हुँदैन, बरु पुरुषले महिलालाई अचानक धकेल्ने वा हुत्तिने गरी घचेट्ने वा प्राय महिला बस्‍ने ठाउँमा गएर बसिदिने अनि महिलालाई अर्को ठाउँमा सर्नै पर्ने बनाउने जस्ता गतिविधिहरू बिस्तारै देखिन थाल्छन्। यस्तो व्यवहार देखाउँदै गएमा कुटपिट सम्म पनि हुन सक्छ। कुनै न कुनै प्रकारका दुर्व्यवहारको शिकार भएका सबै महिलाहरूले कुटपिट जस्तो दुर्व्यवहार चाहीं भोगेका हुँदैनन्, तर कुटपिट जस्तो दुर्व्यवहार भोगेका महिलाहरूले सबै प्रकारका दुर्व्यवहार भोगेका हुन्छन्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020106