पानी प्रयोग गरेर कामहरू गर्दा कसरी मेरो स्वास्थ्य बिग्रन सक्छ

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

प्रायजसो महिलाहरूले नै आफ्नो परिवारको लागि पानी बोकेर ल्याउनुपर्ने हुन्छ। महिलाहरूले धेरै जसो लुगा धुने र सरसफाई गर्ने अनि सामान्यतया बच्चाहरूलाई नुहाइदिने गर्छन्। यी सबै कुराहरू गर्नु महिलाको स्वास्थ्य अनि तिनको परिवारको स्वास्थ्यको लागि निकै महत्त्वपूर्ण छ। तर यी कामहरूले स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ।

पानीमा काम गर्दा हुने स्वास्थ्य समस्याहरू:

महिलाहरूले लामो समयसम्म दुषित पानीमा काम गर्नुपर्दा उक्त पानीमा बस्‍ने वा पानीको छेउछाउमा बस्‍ने परजिवी र किटाणुहरू तिनको शरीरमा पस्‍न सक्छ। प्रायजसो अवश्थामा महिलाहरूलाई बिलहर्जिया, गिनी जुका अनि किटाणुहरू जसले गर्दा रिभर ब्लाइन्डनेस अर्थात अन्धोपन हुने र हैजा लाग्‍नुका साथै अन्य परजिवीको कारण हुने रोगहरू पनि लाग्‍न सक्छ।


कल-कारखानाबाट वा ठूलो खेतबारीबाट निस्केको पानी बग्‍ने ठाउँ नजिकै बस्‍ने महिलाको शरीरमा उक्त पानीमा भएको रसायनीक पदार्थ छिर्न सक्छ। रसायनिक पदार्थको कारण थुप्रै प्रकारका स्वास्थ्य समस्याहरू हुन सक्छ।

महिलाहरूले बोक्‍नु पर्ने सबैभन्दा गह्रौ चिज पानी हो। पानी बोक्दा यसले महिलाको ढाड र काँधमा समस्या हुनुका साथै तिनीहरूलाई अन्य प्रकारका स्वास्थ्य समस्याहरू पनि हुन्छन्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np030111