गर्भावस्था अनि बच्चा जन्माउँदा मैले किन आफ्नो राम्रो ख्याल राख्‍नुपर्छ

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

धेरै महिलाहरूले गर्भावस्थाको दौडान विसन्चो महसुस गर्दैनन्। यसले गर्दा तिनीहरूले आफ्नो ख्याल राख्नुपर्छ भन्‍ने कुरा वास्ता गर्दैनन्। तर राम्रो महसुस हुनुको मतलब कुनै समस्या नै छैन भन्‍ने चाहिं होइन। गर्भावश्थामा र बच्‍चा जन्माउँने बेला उच्‍च रक्तचाप भएको वा बच्चा गलत तरिकामा पाठेघरमा बसेको कुनै संकेत देखिंदैन। महिलाले गर्भावस्थामा नियमित जाँच गराउनुपर्छ। यसो गर्दा सुँडेनी वा तालिम प्राप्त स्वास्थ्यकर्मीले गर्भावस्थाको दौडान महिलाको शरीर अनि उनको गर्भावस्थाको ख्याल राख्‍न सक्छन् र गर्भावस्था सामान्य तरिकामा बढ्दै छ भनेर थाहा पाउन सकिन्छ। शिशुको जन्मअघि नियमित स्वास्थ्य परीक्षण गराउँदा समस्याहरू खतरनाक हुन पाउँदैन।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010208