अशक्तता भएका महिलाहरूको प्राय छालाको समस्या किन हुन्छ

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

तपाईं धेरैजसो बस्‍ने वा सुतिरहने गर्नुहुन्छ भने जहाँ तपाईंको शरीरको भागमा दबाब पर्छ, त्यहाँ घाउ हुन सक्छ। हड्डीमाथि छाला मात्र भएको भागमा मेच वा खाटको दबाब पर्छ भने त्यहाँ घाउ हुन सक्छ। त्यहाँका रक्तनलीहरू थिच्चिएर बन्द हुन्छ र छालाको भागमा पर्याप्त रगत नपुग्‍ने हुन्छ।

धेरै लामो समय चलहल गरिएन भने छालामा गाढा वा रातो रङ्गको डावर देखिन्छ। दबाब अझै निरन्तर परिरह्यो भने घाउ खुल्न थाल्छ र शरीरको भित्रसम्म पुग्छ। अथवा हड्डीको नजिकै भित्री भागमा घाउ हुन सुरू हुन सक्छ र पछि गएर बिस्तारै माथिको सतहतिर बढ्न थाल्छ। उपचार गरिएन भने छाला मर्न सक्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011106