अरू कस्ता कारणले गर्दा महिलाहरू आफ्नो जीवन समाप्त गर्न चाहन्छन्

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

ट्राउमा अर्थात् अप्रिय घटना: थुप्रै महिलाहरू बाँच्‍न नचाहनु अर्को कारण हो, तिनीहरूले जीवनमा अप्रिय घटना अनुभव गर्छन् र त्यससित कसरी सामना गर्ने भनेर तिनीहरूलाई थाह हुँदैन। ट्राउमा अर्थात् अप्रिय घटनाहरूले मानिसमा अत्याधिक रूपमा शारिरीक र मानिसिक तनाव पैदा गर्छ। जसले गर्दा त्यसको सामना गर्न गाह्रो बनाइदिन्छ र यसले दिर्घकालीन रूपमा क्षति पुर्‍याउन सक्छ।

घरमा हुने हिंसा, बलात्कार, युद्ध र प्राकृतिक प्रकोप सामान्य केही अप्रिय घटनाहरू हुन्। साथै, आफूले माया गर्ने व्यक्ति वा महत्त्वपूर्ण कुरा गुमाउनुपर्दा (उदाहरणको लागि: बुबाआमाको मृत्यु, श्रीमान्‌ वा छोराछोरीको मृत्यु, जागिर वा घर गुमाउनु पर्दा) पनि केही अप्रिय घटना हुन सक्छ जसले गर्दा महिलालाई मानसिक रूपमा गाह्रो बनाउन सक्छ। त्यसबाहेक दीर्घकालीन रोग र कुनै अशक्तताले गर्दा पनि आफ्नो जीवन समाप्त गर्ने चाहना आउन सक्छ। यस्तो अवस्थामा केही महिलाहरू दु:ख, लाज वा डरले गर्दा आत्महत्याबाहेक अरू कुनै उपाय देख्दैनन्।

डिप्रेसन वा एन्जाएटि अर्थात् चिन्ताको रोग: महिला निराश हुनको लागि नकारात्मक घटना वा अप्रिय घटना नै घट्नु पर्छ भन्‍ने छैन। हरेक दिन महिलाले अत्याधिक अनि निरन्तर तनावको सामना गर्नुपर्दा तिनलाई डिप्रेसन वा एन्जाएटि वा दुवै हुन सक्छ।

डिप्रेसन हुँदा उक्त व्यक्तिलाई केही गर्ने इच्छा नहुने वा कुनै कामप्रति पनि रूची नहुने हुन्छ। जसले गर्दा तिनको व्यवहार, सोचाइ, भावना र स्वास्थ्यमा लामो समयसम्म असर गर्न सक्छ। डिप्रेसनले गर्दा 'मुटु भारी हुने' वा 'आत्मा र प्राण गुम्‍ने' पनि हुन्छ।

अर्को तर्फ एन्जाइटि अर्थात् चिन्ता गर्ने रोग भनेको लामो समयसम्म आत्तिने, चिन्ता गर्ने र अप्ठ्यारो महसुस हुने रोग हो। यो रोगसित सम्बन्धित अरू पदावलीहरू पनि प्रयोग गरिन्छ, जस्तै: 'नर्भस् अर्थात् नशा', 'नर्भस अट्याक अर्थात् एक्कासी आत्तिने' र 'मानसिक तनावहरू।' कुनै महिलाले हरेक दिन लामो समयसम्म तनावको सामना गर्छिन् भने तिनीले विचलित भएको अर्थात् तनावमा डुबेको जस्तो महसुस गर्छिन्। यसले गर्दा आफूले गर्नुपर्ने काम र सामाना गरिरहेको समस्याहरूलाई पार लगाउन नसक्ने जस्तो देख्छिन् (उदाहरणको लागि: अत्याधिक काम हुँदा, पैसा वा खानेकुराको कमी हुँदा, पारिवारिक वा वैवाहिक समस्या हुँदा, आदि।)।

यदि महिलाले आवश्यक मदत पाइनन् भने तिनलाई डिप्रेसन र एन्जाएटि दुवैले आत्महत्यासम्म पुर्‍याउन सक्छ। तिनलाई आफ्नो आवश्यकता भन्दा अरूको आवश्यकतालाई प्रथम स्थान दिनुपर्छ भनेर सिकाइएको छ भने (प्रायजसो महिलाहरूलाई यस्तै सिकाइएको हुन्छ) समस्या झनै चर्को हुन सक्छ। विकासोन्मुख देशहरूमा मानसिक स्वास्थ्य सेवा उपलब्ध नभएको कारणले गर्दा महिलाले स्वास्थ्यकर्मीको मदत खोजे तापनि मानसिक समस्या र रोगहरू जस्तै, डिप्रेसन, एन्जाइटि वा ट्राउमा जस्ता समस्याहरू नत पत्ता लगाइन्छ नत त्यसको राम्ररी उपचार नै हुन्छ।


Sources
  • Felicitas Heyne, Psychologist
  • Audiopedia ID: np020907