एच.आइ.भि को संक्रमण भएपनि म आफ्नो जीवनस्तर कसरी सुधार्न सक्छु

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

कुनै पनि आधुनिक औषधीले एच.आइ.भि-लाई निको पार्न सक्दैन नत कुनै परम्परागत निको गर्ने तरिकाले नै यसलाई ठीक गर्न सक्छ। तर सही तरिकामा स्याहार सुसार र उपचार गरेमा धेरैजसो मानिसहरू एच.आइ.भि लागे तापनि तिनीहरू थुप्रै वर्षसम्म स्वस्थ रहन सक्छन्। यो समयमा तपाईंलाई यसले:

आफ्नो जीवनको हरेक क्षणलाई आनन्ददायी बनाउन मदत गर्छ।

साथी र परिवारसित समय बिताउन सक्नुहुन्छ।

आफ्नो दैनिक जीवनको काम कुराहरू गरि नै रहनुहोस्।

यौन आनन्द लिन मन लागेमा लिनुहोस्। स्वस्थकर यौन स्पर्सको आनन्दले लामो समय स्वस्थ रहन मदत गर्न सक्छ।

कन्डमको प्रयोग गरेर सुक्षित यौन सम्बन्ध राख्‍न सक्नुहुन्छ। यसो गर्दा तपाईं र तपाईंको जोडीलाई सुरक्षित बनाउनेछ।

एच.आइ.भि र एड्स लागेका मानिसहरूको समूहमा सामेल हुनुहोस् वा समूह बनाउनुहोस्। एच.आइ.भि लागेका केही मानिसहरू समाजलाई शिक्षा दिन सँगै काम गर्छन्। साथै, तिनीहरू अरू एड्स लागेका बिरामीहरूलाई घरमा हेरचाह गर्ने अनि रोगीहरूको हक र अधिकारको पक्षमा काम गर्छन्।

आफ्नो आध्यात्मिक र मानिसक स्वास्थ्यलाई ध्यान दिनुहोस्। तपाईंको विश्‍वास र परम्पराले तपाईंलाई आशा र बल दिन सक्छ।

आफ्ना बच्चाहरू छन् भने तिनीहरूको भविष्यबारे सोच्‍नुहोस्:

  • उनीहरूसँग अहिले समय बिताउनुहोस् अनि उनीहरूको हेरबिचार गर्नुहोस् र डोहोर्‍याइ दिनुहोस्।
  • आफ्ना छोराछोरीको हेरबिचार गर्न नसक्‍ने अवश्था आपछि कसले उनीहरूको हेरबिचार गर्ने भनेर परिवारमा कुरा गर्नुहोस् र हेरबिचारको प्रबन्ध गर्नुहोस्।
  • इच्छा पत्र बनाउनुहोस्। यदि आफूसँग पैसा, घर, जग्गा-जमिन छ भने आफूले इच्छाएको व्यक्तिले नै उक्त सम्पति पाउने कुरा पक्का गर्नुहोस्। कहिलेकाहीं कानुनी रुपमा विवाह नगरेका महिलाहरूले आफ्नो सम्पति आफ्ना बच्चाहरू वा अन्य परिवारका सदस्यहरूलाई दिन मिल्दैन। त्यसैले तपाईंले इच्छा गरेको व्यक्तिलाई आफ्नो सम्पत्ती दिनको लागि पहिल्यै कानुनी रुपमा विवाह गर्नु मदतकारी हुन्छ।

यदि तपाईंको जोडीलाई एच.आइ.भि-को संक्रमण भएको छ भने:

तपाईंले सुरक्षित तरिकामा यौन सम्बन्ध राख्नुहुन्छ भने संक्रमित व्यक्तिले एच.आइ.भि सार्न सक्दैन। एच.आइ.भि सर्न नदिने सबैभन्दा राम्रो तरिका कन्डमको प्रयोग गर्नु हो। घाउ खुला छ भने छोप्‍नुहोस् र यौनजन्य संक्रमणको तुरुन्तै उपचार गर्नुहोस्। नबिर्सनुहोस्, यौन सम्बन्ध बाहेक यौन सन्तुष्‍टी पाउने अरू तरिकाहरू पनि छन्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011010