पिउने पानीलाई कसरी शुद्ध गर्ने

From Audiopedia
Revision as of 11:56, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

पानी शुद्ध बनाउने केही साधारण अनि सस्तो तरिकाहरू निम्‍न छन्:

घाम घामले थुप्रै हानिकारण किटाणुहरू मार्छ। घामद्वारा पानी शुद्ध बनाउन, सिसा वा प्लास्टिकको भाँडोमा पानी भर्नुहोस् अनि त्यसलाई बिहानदेखि साँझसम्म बाहिर घाममा राख्नुहोस्। पानीको भाँडो घाममा राख्नुअघि त्यो ठाउँमा दिनभरी घाम लाग्छ कि लाग्दैन, पहिल्यै पक्का गर्नुहोस्। (यदि पिउने पानी तुरून्तै आवश्यक परेमा मध्ये दिनको घाममा पानीको भाँडोलाई २ घण्टासम्म राख्दा पनि शुद्धिकरणको लागि पर्याप्त हुन सक्छ।)

पानीलाई किटाणुबाट बचाउन बच्चा र जनावरहरूले छुन नसक्ने अनि धुलो पस्‍न नसक्ने ठाउँमा राख्नुहोस्। यदि पानी चिसो बनाएर प्रयोग गर्न चाहनुहुन्छ भने घरभित्र ल्याएर रातभरी राख्नुहोस्। पानीलाई एउटै भाँडामा एक वा दुई दिनसम्मको लागि सञ्‍चय गरेर राख्‍न सकिन्छ। घामले पानी शुद्धिकरण गर्ने तरिका गर्मी हुने ठाउँमा प्रभावकारी हुन्छ।

कागतीको रस कहिलेकाहीं कागतीको रसले हैजाको जिवाणुलाई मार्न सक्छ (र केही अन्य प्रकारका जिवाणुलाई पनि)। एक लिटर पानीमा २ चम्चा कागतीको रस हाल्नुहोस र ३० मिनेटसम्म त्यत्तिकै छोडिदिनुहोस्।

उमाल्ने पानीलाई १ मिनेटसम्म उमाल्नाले पानी किटाणु मुक्त हुन्छ। उम्लेको पानीलाई चिसो बनाउनुअघि पुरै १ मिनेट सम्म उम्लिन दिनुपर्छ। पानी उमाल्नको लागि धेरै इन्धन खर्च हुने भएकोले, यदि पानी शुद्ध पार्ने अरु उपाय छैन भने मात्र यो विधि अपनाउनुहोस्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010118